Home बुलेट न्युज कांग्रेसले के गर्‍यो महाधिवेशनमा मत खसालिएका हरिया ट्यांकी?

कांग्रेसले के गर्‍यो महाधिवेशनमा मत खसालिएका हरिया ट्यांकी?

by ईलालटिन
0 comment

काठमाडौं ।  नेपाली कांग्रेसले १४ औं महाधिवेशनको मत गणना गर्न १० दिन लगायो। मत गणना गर्न निकै झन्झटिलो पनि भएको थियो। २९ मतपत्रमा महाधिवेशन प्रतिनिधिले मत खसालेका थिए। मत खसाल्ने बाकस भने पानी राख्ने ट्यांकी थियो।नेकपा एमाले र राप्रपाले महाधिवेशन (अध्यक्षबाहेक) मा विद्युतीय भोटिङ मेसिनमा मतदान गरे पनि कांग्रेसले मतपत्र ड्रममा खसालेको भन्दै त्यसबेला आलोचना पनि भएको थियो।

प्रविधि प्रयोग नगरेर मतगणना पनि झन्झटिलो बनाएकोमा कांग्रेसभित्रैबाट आलोचना पनि भएको हो।सभापतिका लागि तीन वटा ट्रममा मतपत्र थिए। ४७४३ जना महाधिवेशन प्रतिनिधिले पहिलो चरणमा सभापति चयन गर्न सकेनन्।दोस्रो चरणमा शेरबहादुर देउवा र शेखर कोइराला सभापति पदमा चुनावी मैदानमा उत्रिँदा देउवा विजयी भएका थिए।सभापति, उपसभापति, दुई महामन्त्री, आठ सहमहामन्त्री र १२१ जना केन्द्रीय सदस्य पदका लागि महाधिवेशन प्रतिनिधिले भोटिङ गरेका थिए। कांग्रेसले भोट खसालेको ती ट्यांकी मतगणना सकिएपछि कहाँ छन्? हामीले यो प्रश्न केन्द्रीय निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेलाई राख्यौं।

घिमिरेले त्यो ट्यांकी कम्पनीलाई नै फिर्ता गरिएको बताए। कांग्रेस महाधिवेशनमा प्रयोग भएका ट्यांकी मंगलम पाइप एन्ड ट्यांकले उत्पादन गरेको हो।‘एक साता जति भयो हामीले ड्रम फिर्ता गर्‍यौं,’ घिमिरेले भने।कांग्रेसले उक्त ट्यांकीको बिर्कोको पैसा मात्रै तिर्ने गरी भाडामा ल्याएको थियो।‘त्यो ड्रम कम्पनीले नै फिर्ता लग्यो,’ उनले भने, ‘मतपत्र राख्न ड्रमको बिर्को काटेको हुनाले त्यसको पैसा मात्रै तिरिएको हो।’उनकाअनुसार मतपत्र राख्न ९० वटा ट्यांकी ल्याइएको थियो। तीमध्ये तीन वटा प्रयोगमै आएका थिएनन्। कांग्रेस पार्टी कार्यालयका सचिव प्रदीप पराजुलीले भाडा तिर्ने गरी ल्याइएका ट्यांकी काम सकिएपछि फिर्ता गरिएको बताए।

‘बिर्कोको मात्रै खर्च निकालेर त्यसैअनुसार पैसा दिइएको हो। यो सबै काम इभेन्ट म्यानेजमेन्टले गर्‍यो। एउटा ड्रमको बिर्कोको यति पैसा उति पैसा भनेर हेरिएन,’ उनले भने, ‘समग्रमा हिसाब गरियो।’आफूहरूले आर्थिक पक्ष नहेरेकोले कति पैसा तिरियो भन्नेबारे जानकारी नभएको पनि उनले बताए। कांग्रेसले १४ औं महाधिवेशनमा कति खर्च भयो भन्नेबारे हिसाब पनि निकालिसकेको छैन। सुरूमा ७ करोड खर्च लाग्ने भने पनि महाधिवेशन लम्बिएकोले पूर्वअनुमानभन्दा धेरै खर्च लागेको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com