Home समाचार कांग्रेस महाधिवेशन आजदेखि, दिउँसो १ बजे उद्घाटन

कांग्रेस महाधिवेशन आजदेखि, दिउँसो १ बजे उद्घाटन

by ईलालटिन
0 comment

काठमाडौं  । नेपाली कांग्रेसको १४ औं महाधिवेशन आजदेखि सुरू हुने भएको छ। आज दिउँसो १ बजे काठमाडौंको भृकुटीमण्डपमा महाधिवेशन उद्घाटन गर्ने कार्यक्रम छ।महाधिवेशनका लागि संसदमा प्रतिनिधित्व गर्ने सबै दलहरूलाई निमन्त्रणा गरिएको र विदेशस्थित विभिन्न राजनीतिक दलका नेताहरू पनि उद्घाटन कार्यक्रममा सहभागी हुने कांग्रेसले जनाएको छ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार महाधिवेशन उद्घाटन सत्रमा सहभागी हुन भारतबाट भाजपा र कांग्रेसआईका नेताहरू काठमाडौं आइसकेका छन्।उद्घाटन सत्र दुई घन्टा चल्ने शर्माले बताए। उम्मेदवारहरूको मनोनयन भने शनिबार हुनेछ। सोमबार बिहान ८ बजेदेखि मतदान गर्ने कार्यक्रम छ। कांग्रेसले विद्युतीय भोटिङ मेसिन प्रयोग नगर्ने भएको छ।मतदानका लागि भृकुटीमण्डप, राष्ट्रिय सभागृह र नेपाल पुलिस क्लवमा मतदान स्थल रहनेछन् भने २९ मतपत्र रहनेछ। कांग्रेसमा करिब चार हजार पाँच सय महाधिवेशन प्रतिनिधि महाधिवेशनमा सहभागी हुँदैछन्।

उद्घाटन सत्र सकिएपछि बन्द सत्र हुनेछ। बन्द सत्रमा दुइटा प्रतिवेदनमाथि छलफल हुनेछ।महामन्त्री शशांक कोइराला र पूर्णबहादुर खड्काले पेश गर्ने संगठन प्रतिवेदन र कोषाध्यक्ष सीतादेवी यादवले पेश गर्ने आर्थिक प्रतिवेदनबारे बन्द सत्रमा छलफल हुनेछ।कांग्रेसले बिहीबार केन्द्रीय कार्यालयमा केन्द्रीय समिति बैठक गरेर यी प्रतिवेदन सर्वसम्मतले पारित गरेको थियो। कांग्रेसले अहिले नेतृत्व महाधिवेशन गरेको हो। नीति महाधिवेशन भने नयाँ नेतृत्व आएपछि हुनेछ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com