Home पत्रपत्रिका लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु, ९ जना घाइते

लमजुङमा शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना, ३ जनाको मृत्यु, ९ जना घाइते

by ईलालटिन
0 comment

पोखरा ।  लमजुङको मर्स्याङ्दी गाउँपालिका २ गणेश माविका शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना हुँदा १ जना शिक्षक र २ जना विद्यार्थीको घटनास्थलमै मृत्यु भएको छ। मृत्यु हुनेमा कपिलबस्तु घर भएका सोही विद्यालयका शिक्षक कमल राना, भलामचौरका विद्यार्थी प्रमिसा गुरूङ र सेग्लेका गणेश भण्डारी छन्।

लमजुङ प्रहरी प्रमुख डिएसपी कृष्णबहादुर कार्कीका अनुसार जीपमा सवार ९ जना घाइते भएका छन्। दुघर्टनाका मृतक र घाइतेलाई जिल्ला अस्पताल बेसीशहर लगेको डिएसपी कार्कीले जानकारी दिए।  विद्यार्थीलाई घुमाउन पर्यटकीय भुष्मे गाउँतर्फ लैजाँदै गर्दा ग १ ज ६३१७ नम्बरको जीप सडकबाट डेढ सय मिटर तल खसेको थियो। मर्स्याङ्दी– २ स्थित गणेश मावि कक्षा ७ र ८ का विद्यार्थीलाई २ वटा जीपमा राखेर भुष्मे गाउँतर्फ लगिएको थियो शिक्षक र विद्यार्थी बोकेको जीप दुर्घटना भएपछि स्थानीयबासी र प्रहरीले उनीहरुको उद्धार गरेका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com