Home राजनीति कांग्रेस महाधिवेशनमा ६ बुँदे आचारसंहिता जारी, मतदान गर्दा मोबाइल लैजाने नपाइने

कांग्रेस महाधिवेशनमा ६ बुँदे आचारसंहिता जारी, मतदान गर्दा मोबाइल लैजाने नपाइने

by ईलालटिन
0 comment

काठमाडौं । कांग्रेस चौधौं महाधिवेशन निर्वाचन समितिले ६ बुँदे आचारसंहिता जारी गरेको छ।बुधबार निर्वाचन समितिका संयोजक गोपालकृष्ण घिमिरेले ६ बुँदे आचारसंहिता जारी गरेका हुन्।जसअनुसार उम्मेदवारीको प्रचारप्रसार गर्दा भिजिटिङ कार्य र सामान्य अपिल वितरण गर्न सकिने छ।कसैको पनि व्यक्तिगत चरित्रमा लान्छना लाग्ने गरी प्रचार-प्रसार गर्न नपाइने निर्वाचन समितिले जनाएको छ।

कांग्रेसको केन्द्रीय कार्यालय र राष्ट्रिय सभागृह/भृकुटीमण्डपको वरपर पाँच सय मिटर क्षेत्रभित्र निर्वाचनसँग सम्बन्धित कुनै पनि प्रचार सामग्री, ब्यानर, भित्तेलेखन, पोस्टर, चुल, पम्प्लेट टाँस्न र माइकिङ गर्न नपाइने आचारसंहितमा उल्लेख छ।प्रचारलाई मर्यादित, संयमित र अनुशासित बनाउन निर्वाचन समितिले अनुरोध गरेको छ।मतदानस्थलभित्र प्रवेश गर्दा मोबाइल फोन लिएर जान नपाइने भएको छ। कांग्रेस महाधिवेशन मंसिर २४ मा उद्घाटन हुँदैछ। उम्मेदवारी मनोनयन मंसिर २५ मा, मतदान मंसिर २७ बिहान ८ बजेदेखि हुने छ। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com