Home विशेष “नेपाल डे परेड” २०२४ सफल बनाउन कार्यसमिति

“नेपाल डे परेड” २०२४ सफल बनाउन कार्यसमिति

by ईलालटिन
0 comment

अमेरिका । नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले हरेक वर्ष अमेरिकामा हुने  “नेपाल डे परेड” २०२४ लाई सफल बनाउन गैर आवासीय नेपाली सङ्घ, राष्ट्रिय समन्वय समिति, न्युयोर्क च्याप्टरका अध्यक्ष हेमन ब. मल्ल अध्यक्ष रहेको कार्यसमिति गठन भएको छ ।

सन् २०१६ देखी न्युयोर्कबाट सुरुवात भएको “नेपाल डे परेड” २०२४ को कार्यसमितिको उपाध्यक्षमा शेर्पा किदुग र अमेरिकाका अध्यक्ष ई. तेम्बा शेर्पा कन्भेनर रहेका छन् ।

कार्यसमितिमा उप–कन्भेनरको जिम्मेवारीमा राजेश सापकोटा, तुलसी राम आचार्य, नवीन कुमार ओझा, सुवास साह, ओम विश्वकर्मा, कुल (राजन) गौली, श्याम पौडेल, अजित शाह र कृष्ण गुरुङ रहेका छन् ।

त्यसतै आर्थिक विभागको संयोजकको लागी दिनदयाल (दिनेश) भण्डारी र सदस्यहरुमा बाबुराम शर्मा, टक ब. रुवाली, देबेन्द्र लामा र ध्रुबराज पौडेल रहेका छन् ।

मिडिया संयोजक बिक्की पुलामी, प्रचार प्रसार संयोजक चमेली खाती परियार, सांस्कृतिक संयोजक बसन्ती राई, झाकी प्रदर्शन संयोजक शङ्कर पौडेल, स्वयंसेवक परिचालन संयोजक दावा शेर्पा, सह–संयोजक दान बहादुर मल्ल, ¥याली व्यवस्थापन संयोजक पुनम बसेल, कार्यक्रम व्यवस्थापन संयोजक बासु लामिछाने, अतिथि सत्कार संयोजक नवराज केसी, सह–संयोजक रश्मि श्रेष्ठ, ट्रक व्यवस्थापन संयोजन आईल्याण्ड नेपाली समाज र स्टेज व्यवस्थापन संयोजक छिरिङ शेर्पा रहेका छन् ।

त्यसै गरी प्रदेश संयोजकहरूमा कोसी प्रदेशमा टिका ढकाल, मधेस प्रदेशमा दिनेश यादव, बाग्मती प्रदेशमा पासाङ नुर्बु शेर्पा, गण्डकी प्रदेशमा कृष्ण भट्ट, लुम्बिनी प्रदेशमा आस बहादुर घर्ती, कर्णाली प्रदेशमा तिलक पुरी र सुदूर पश्चिम संयोजकमा  दान सिंह विष्ट रहेको ¥याली व्यवस्थापन संयोजक पुनम बसेलले जानकारी गराए ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com