Home Social ‘खुल्ला नोट बैङ्कमा जम्मा नहुने’ भन्ने शीर्षकको सामग्री हटाइएको बारे

‘खुल्ला नोट बैङ्कमा जम्मा नहुने’ भन्ने शीर्षकको सामग्री हटाइएको बारे

by ईलालटिन
0 comments
मिति २०८० माघ २६ गते कुश्मा शाखाको माछापुच्छ्रे बैङ्कले सेवाग्राहीलाई गरेको व्यवहार र पीडितप्रति परेको असरका विषयलाई लिएर हामीले ‘खुल्ला नोट बैङ्कमा जम्मा नहुने’ भन्ने शीर्षकको सामग्री यस लाल्टिन मिडिया प्रा.लि.को www.elaltin.com, मिडियाको आधिकारिक फेसबुक पेज र युट्युब च्यानलबाट एकैसाथ प्रसारण गरेकोमा सम्बन्धित पक्षले मानवीय त्रुटि भएको र सेवाग्राहीले सो त्रुटीकाप्रति माफी दिइ मिडियामा आई सामग्री हटाउन अनुरोध गरेकोले सेवाप्रदायकको शैक्षिक भविष्य, संस्थागत जीवनको ख्याल गर्दै उक्त सामग्री हटाएका छौं । पत्रकारिता विकृति, विसङ्गति र समाजमा देखिएका तमाम समस्याका बीचमा कलम चलाउने तथा समाजमा सकारात्मक चेत विकास गर्ने माध्यम हो र पनि त्यो भन्दा माथि मानवीय संवेदना जोडिएकोले र सामग्री हटाउँदा समाजमा कुनै नकारात्मक प्रभाव नपर्ला भन्ने विश्वासले उक्त सामग्री हटाएको ब्यहोरा जानकारी गराइन्छ । यसबाट पाठक तथा दर्शकप्रति पर्न गएको असुविधाप्रति लाल्टिन मिडिया परिवार क्षमायाचना गर्दछ ।
                                                                                                 लाल्टिन मिडिया प्रा.लि. परिवार
                                                                                                            कुश्मा, पर्वत ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
elaltin77@gmail.com
nepalkomaya77@gmail.com

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com