85
काठमाडौं । मनाङ एयरको हेलिकोप्टर दुर्घटनामा परेको छ । रुम्झाटारबाट लोबुचेका लागि उडेको हेलिकोप्टर बिहान सवा ७ बजे दुर्घटनामा परेको हो । ९एनएएनजे कलसाइन भएको हेलिकोप्टर दुर्घटना भएको हो । सोलुखुम्बुको नाम्चेभन्दा माथि लोबुचेमा हेलिकोप्टर दुर्घटनामा परेको हो ।
मनाङ एयर स्रोतले दिएको जानकारीअनुसार दुर्घटनामा पाइलट घाइते भएका छन् । प्रत्यक्षदर्शीले उपलब्ध गराएको एक भिडियोमा दुर्घटनापछि हेलिकोप्टरमा आगो लागेको देखिएको छ ।