पर्वत । फलेवास नगरपालिकाले आगामी आर्थिक वर्ष २०८०/०८१ को नीति, कार्यक्रम तथा बजेटका विषयमा नगरपालिकाका प्रवक्ता एवम् मुडिकुवा–४ का वडा अध्यक्ष अच्युत तिवारीले पेस गरेको २४ बुँदे सुझाव यस प्रकार रहेको छ ।
फलेवास नगरपालिका को लागी २०८० ।०८१ को नीति तथा कार्यक्रममा उपयुक्त ठानेमा समावेश गरियोस् भनी बुझाएका केही सुझावहरू :-
१) कृषिमा आत्मनिर्भरता तथा उत्पादन बढाउनका लागि भैँसीको नस्ल सुधारको लागी प्रत्येक वडामा एक एक वडा उन्नत खालको राँगो अनुदान दिने ।
२) गाउँमै कमाउन गाउँमै रमाउने बनाउन स्थानीय हावापानीको माटो परीक्षण गरी सोही अनुसार फल्ने फलफूल, सुन्तला,कागती लप्सीलगायतको फलफूलको व्यवसायीकरण गर्न घरेलु उद्यमलाई प्रोत्साहन गर्न सहयोग गर्ने ।

३)कृषिलाई उद्योग र कृषकलाई उद्योगी बनाउन किसानको उत्पादनलाई बजारीकरणको व्यवस्था नगरपालिकाले ग्यारेन्टी गर्ने ।
४) स्थानीय रूपमा उत्पादन हुने घरेलु मदिरालाई करको दायरामा ल्याएर व्यवस्थित र ब्राण्डीङ गर्ने ।
५) रैथाने वाली वस्तुहरूलाई पहिचान गरी विश्व बजारमा पु¥याउने ।
६) धार्मिक तथा पर्यटनको सम्भावनाको खोजी तथा भएका तपसिलका स्थान मोदीवेणी धामलाई संरक्षण , पुनर्निर्माण , गुठीको खोजी गरी आवश्यक प्रचार प्रचार गर्ने ।
७) शुलिकोट ,पुर्कोट ,लिमिकोट , जिताकोट ,बज्रमारा , डहरे देउराली लगायतका ऐतिहासिक तथा पौराणिक स्थलहरूको प्रचार प्रचार गरी आन्तरिक तथा बाह्य पर्यटक आवागमन बढाउने ।
८) नगरको आन्तरिक आय तथा उत्पादन बढाउन , बागलुङ नपा र जैमुनी नगरपालिका सँग सहकार्य, समन्वय गरी कालीगण्डकी नदीमा चेक ड्याम निर्माण गरी निर्माण सामाग्री व्यवस्थित निकासी गर्ने ।
९) नगरपालिका भित्र निर्माणाधीन नगर अस्पताल सम्पन्न गरी विशेषज्ञ सहितको सेवा सञ्चालन गर्ने। – विशेषज्ञ सहितको पशु सेवाका लागि नगर पशु अस्पताल सञ्चालन गराउने ।
१०) गरिबी न्यूनीकरणको लागि विपन्न पहिचान गरी नगर भित्र स्थायी बसोबास गरेका नागरिकलाई नगर परिचय पत्र लागु गरी निम्न सहुलियत प्रदान गर्ने । गरी दैनिक उपभोग्य समानमा परिचयपत्रका आधारमा २० प्रतिशत छुटको व्यवस्था गर्ने ।
ख) दलित विपन्न , अपाङ्ग तथा एकल महिलाहरूलाई सबल बनाउन समूह गठन गरी तालिम औजार उपकरण , बिउ विजन उपलब्ध गराएर रोजगार बनाउन प्रोत्साहन गर्ने ।
ग) विपन्न पहिचान गरी प्रति विपन्न एक बाख्रा तथा कुखुरा , बुङ्गुर अनुदान दिने पशु पक्षी पालनमा प्रोत्साहन गर्ने । सुरक्षित आवासका लागि भूमिहीन विपन्न तथा दलितका लागि एकटकलाई आवास निर्माणका लागि कार्यक्रम अगाडि बढाउने ।
घ) स्थानीय कला संस्कृति संरक्षण गर्न पञ्चे बाजा , भजन, रत्यौली , सालैजो मारुनी , कौडा लगायतका समूहहरू लाई पुस्ता हस्तान्तरण तालिमको प्रबन्ध गर्ने । ङ) विपतमा तथा अन्य सामूहिक कार्यका लागि उपयोगी हुने गरी प्रत्येक टोलमा एक एक वटा सामुदायिक भवन निर्माण गरिने । “मेरो नगर मेरो देश” राष्ट्रिय भावनाको विकास गराउन प्रत्येक वडामा नगर स्तरीय स्वयंसेवक निर्माण गरी आवश्यकता अनुसार विकास निर्माण कार्यमा परिचालन गर्ने ।
११) बेरोजगार युवा तथा गृहणीहरुलाई स्वरोजगार कार्यक्रमको लागि नगरपालिमा मार्फत सहकारीबाट कर्जा उपलब्ध गराउने र स्वरोजगार बनाउने ।
१२) निश्चित सुचाङ्कका आधारमा तीन वटा मावि र दुईवटा आधारभूत विद्यालय छनौट गरी विद्यालयलाई पालिका नमुना विद्यालयको रूपमा अगाडी बढाउने ।
१३) सबै विद्यालयमा स्वच्छ खानेपानी युरो गार्डको व्यवस्था गर्ने ।
१४) नगर भित्र स्थायी बसोबास गर्ने एम विवि एस अध्ययन गर्ने , लोकसेवा अध्ययन गर्ने , शिक्षा सेवा नर्सिङ सेवा , नेपाल प्रहरी नेपाली सेना ,प्रवेश गर्न चाहनेलाई अध्ययनमा आधारित शैक्षिक सामाग्री एवं शुल्कमा अनुदान दिने ।
१५) अशक्त ज्येष्ठ नागरिकहरूको लागि घर नजिकै आधारभूत स्वास्थ्य परीक्षण तथा उपचार सेवा पुर्याउन घुम्ती स्वास्थ्य सेवा सञ्चालन गर्ने ।
१६) नगरमा एक घर एक तुलसी रोपणमा प्रोत्साहन गर्ने रुद्राक्ष, श्रीखण्ड, रक्त चन्दन जस्ता जडीबुटी रोपणमा अनुदान दिने । प्रत्येक टोलमा वरपीपल वृक्षारोपण गर्ने
१७) फलफूलको राजधानी फलेवासमा भूगोल अनुसार फलफूल खेतीलाई प्रोत्साहन गर्ने ।
१८) उपयुक्त स्थान छनोट गरी नगर भित्र पहिलो पटक व्यवस्थित सुविधा सम्पन्न होटेल लज सञ्चालन गर्न प्रोत्साहन गर्ने ।
१९) मसला खेती , दलहन खेती गर्न चाहने किसानलाई परियोजनाका आधारमा जग्गा भाडा , बिउ विजन र उत्पादनमा अनुदान उपलब्ध गराउने ।
२०) करको दायरालाई वैज्ञानिक बनाउँदै समय मै सबै कर बुझाई राजस्व सङ्कलनमा सहयोग गर्ने नगरवासीलाई सम्मान गर्ने ।
२१) सूचना प्रचारप्रसारमा नगर क्षेत्रका सञ्चारमाध्यमलाई छनोट गरी सबलीकरणमा सहयोग पुर्याउने ।
२२) नगर भित्रका वडामा भएका विभिन्न कार्यहरू पेपर लेस बनाई विद्युतीय उपयोगलाई प्रोत्साहन गर्ने ।
२३) नगरबाट सम्पन्न हुने नीति तथा कार्यक्रम उपयोगी भयो वा भएन त्यसको पारदर्शिता जबाफदेहिता र जन सहभागितामा आधारित गराइ अनुगमन निरीक्षण र परीक्षण गर्ने ।
२४) नगरमा निमार्ण हुने पूर्वाधारको गुणस्तर नाप जाँचको लागी आवश्यक अनुगमन तथा निरीक्षणका लागि ल्याबको निमार्ण गर्ने र सोहीअनुरूप कार्यान्वयनमा जोड दिने ।