Home जनप्रतिनिधि अन्ततः नगर प्रमुख तिवारीको पनि केही लागेन 

अन्ततः नगर प्रमुख तिवारीको पनि केही लागेन 

by ईलालटिन
0 comment

पर्वत । पर्वतको फलेवास नगरपालिकामा कर्मचारीको हेरफेर र जिम्मेवारीको विषयलाई लिएर नगर प्रमुख गंगाधर तिवारी र प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेल बिचको विवाद टुङ्गिएको छ ।

प्रमुख प्रशासकीय पौडेलले दुई हप्ता अघि आफ्नो प्रशासनिक अधिकारको प्रयोग गर्दै नगरका चार कर्मचारीको जिम्मेवारी हेरफेर गरेका थिए । तर, चार मध्ये एक कर्मचारीले जिम्मेवारी हेरफेरलाई लिएर असन्तुष्ट राख्दै पत्र बुझ्न अलमल गर्दै आएका थिए । कर्मचारीले पत्र नबुझेपछि प्रमुख प्रशासकीय अधिकृत पौडेललाई नैतिक दबाब सृजना भएको थियो ।

प्रशासन शाखामा रहेका अधिकृत कृष्णप्रसाद पौडेललाई प्रशासन शाखा प्रमुखबाट राजस्व शाखा प्रमुख, अधिकृत रमेश शर्मालाई राजस्व शाखा प्रमुखबाट प्रशासन उद्योग शाखा प्रमुख, अधिकृत टंकनाथ पौडेललाई शिक्षा अधिकृतसँगै जिन्सी शाखा प्रमुखको जिम्मेवारी थप गरिएको थियो । जिन्सी शाखामा रहेका नायव सुब्बा पाराश्वर शर्मालाई राजस्व शाखाको जिम्मेवारी दिइएको थियो ।

शाखा हेरफेर र थप जिम्मेवारी पाएका तीन जना कर्मचारीले पत्र बुझिसकेका थिए । तर, चार वर्षदेखि जिन्सी शाखा सम्हाल्दै आएका नायव सुब्बा शर्माले चाहिँ नयाँ जिम्मेवारी सहितको पत्र बुझ्न अस्वीकार गर्दै आएको देखिन्थ्यो । उनले नगर प्रमुख तिवारीले पुरानै जिम्मेवारीमा रहन आग्रह गरेका कारण आफूले पत्र नबुझेको बताएका थिए ।

कार्यालय प्रमुखमाथि नगर प्रमुखको दबाब परेका समाचारहरू आएपछि भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले पत्र नबुझ्ने नायव सुब्बा शर्माको सरुवा गरेको छ । “मन्त्रालयदेखि आज नायव सुब्बा शर्माको सरुवाको पत्र नगरपालिकामा आएको छ । प्रमुख प्रशासकीय अधिकृत पौडेलले भन्नुभयो,  “उहाँ पहिले मालपोत कार्यालय कुश्मामा कार्यरत हुनुहुन्थ्यो । फलेवास नगरपालिकामा चाहिँ काजमा रहँदै आएको स्थित हो । कर्मचारी विधि अनुसार चल्नुपर्ने हुन्छ । अब तीन जना कर्मचारीहरूले पनि खटाएको शाखा सम्हाल्नु हुनेछ ।”

प्रमुख प्रशासकीय अधिकृत पौडेललाई कर्मचारीको निर्णय सच्याउन नगर प्रमुख तिवारीले दबाब दिँदै आएका थिए । अधिकृत पौडेलले निर्णय लागु गराएरै छाड्ने र नगर प्रमुख तिवारीले चाहिँ निर्णय उल्ट्याउन खोज्दा दुई हप्तादेखि नगरपालिकामा विवाद हुँदै आएको थियो । नायव सुब्बा शर्माको सरुवापछि नगर प्रमुख तिवारी र प्रमुख प्रशासकीय अधिकृत पौडेल बिचको विवाद टुङ्गिएको अनुमान गर्न सकिन्छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com