273
पर्वत । पर्वतबाट नेपाली काँग्रेसकी रेखा गुरुङ गण्डकी प्रदेश सभामा निर्वाचित भएकी छिन् । सांसद गुरुङलाई आइतबार गण्डकी प्रदेशका मुख्य निर्वाचन अधिकृत गोकर्णमणि दुवाडीले समानुपातिक निर्वाचन प्रणाली अन्तर्गत निर्वाचित भएको प्रमाण–पत्र दिएका हुन् । गुरुङ जिल्लाबाट एक्ली महिला सांसद हुन् । उनी नेपाली काँग्रेसको महाधिवेशन प्रतिनिधि समेत हुन् ।