Home विशेष नेपालको भाषा संस्कृति र पहिचान माथिको व्यङ्ग कहिले सम्म ?

नेपालको भाषा संस्कृति र पहिचान माथिको व्यङ्ग कहिले सम्म ?

by ईलालटिन
0 comment

सचिन्द्र श्रेष्ठ ।
नेवा: समुदाय भित्र पनि विभिन्न भिन्नताहरू छन्, बेग्ला बेग्लै पहिचान छ, सामाजिक, सांस्कृतिक,भाषिक विविधता छ, अनेक धर्म–संस्कार छन्। धर्म, भाषा,संस्कृति जात जाति कुनै पनि समाजको छुट्टै पहिचान र राष्ट्रको गहना हो ।

नेवार भनेको जाती मात्र होइन, एउटा मौलिक सांस्कृतिक,भाषिक, समूहको खुला सङ्ग्रहालय हो, जस भित्र विविध जात जाती अटाएका छन् ।सारा विश्वले नेपालको पहिचान चिनाउन नेवा संस्कृति, कलाले छुटै महत्त्व बोकेको छ।

कमेडी,व्यङ्गका नाममा आजकल अन्य जाती,भाषालाई होच्याउने खिसिट्यूरे गर्ने कसैलाई हक अवश्य छैन। तर अहिले च्याउ झैँ उम्रेका केही युट्युब च्यानल मार्फत हास्य व्यङ्ग गर्ने भन्दै अरूको भाषा,संस्कार ,वर्ग माथि तीतो व्यङ्ग प्रहार गर्नेको जमात बढ्दो छ। यसलाई कारबाही नगर्ने वा यस्ता कार्यक्रम गर्न मद्दत पुर्‍याउने हौसला प्रदान गर्ने काम बढी भइरहेको छ।

केही समय पहिले पनि राष्ट्रिय टेलिभिजन मार्फत कमेडी क्लबमा भगवान् शिव माथि व्यङ्ग प्रहार गरी हिन्दु संस्कृति धर्म माथि केही कमेडियनले धावा बोलेको प्रस्ट छ।

यो विवादको भिडियो काटे पछि मात्र प्रसारण गरियो।अघिल्लो विवाद सकिन नपाउँदै कमेडी क्याफे युट्युब मार्फत पुनः नेवा भाषा,खानपान र संस्कृति माथि व्यङ्ग भएको छ। तर पनि नेवा भाषा,संस्कृति,खानपान माथि व्यङ्ग गर्नेलाई सजाय किन हुन सकिरहेको छैन।यसको जिम्मेवार कसलाई मान्ने हो ?कसले यस्तो प्रवृत्ति गर्नमा हौसला र ढाडस दिएको छ वा यो पनि कुनै राजनीतिक द्वन्द्व निम्ताउने खेल त होइन।

दलित र मधेसीका नाममा राजनीति गर्दा गर्दै अब अन्य जात जातिलाई समेत जोडेर व्यङ्ग गर्ने अधिकार कसैलाई छैन।व्यङ्गका नाममा मनोरञ्जन गर्नका लागी चलचित्र,सिरियल,नाटक बनाउने अनेक विषय बस्तु आफ्नै वर पर छ तर केही व्यक्ति विशेष ,धर्म,भाषा,संस्कृति माथि व्यङ्ग गर्ने छुट कसैलाई छैन।

तसर्थ यी भाषा धर्म,संस्कार हाम्रा पहिचान हुन यिनीहरूको संरक्षण गर्ने तर्फ लागौँ न की व्यङ्गका नाममा हेला होचो गर्ने काम नगरौँ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com