Home महिला जग्गाको लालपुर्जा भएर पनि सुकुम्वासी बनेकी देवी

जग्गाको लालपुर्जा भएर पनि सुकुम्वासी बनेकी देवी

जग्गा धनीको लालपुर्जा छ । तर, उनको जग्गामा पुर्वप्रधानपञ्च तेजनाथ रिजालको घर ठडिएको छ

by ईलालटिन
0 comment

पर्वत । कुश्मा नगरपालिका २ सहश्रधाराकी ५६ वर्षीया देवी कुमारी पौडेलको हातमा जग्गा धनीको लालपुर्जा छ । तर, उनको जग्गामा पुर्वप्रधानपञ्च तेजनाथ रिजालको घर ठडिएको छ ।

उनको २ हजार ४ सय ७ कित्ता नम्बरको जग्गामा रिजालले बनाएको घर हटाई पाऊँ भन्दै पर्वत जिल्ला अदालतमा मुद्दा हालिन् । तर, अदालतको विवादास्पद फैसलाका कारण उनले आफ्नै जग्गा पाउन पनि रोइकराई गर्दै हिँड्नु परिरहेको छ ।

एकल महिला देवी कुमारी पौडेलले न्याय पाउने आसमा २०७२ सालमा आफ्नो जग्गामा बनेको घरको भाडा दिलाई घरबाट हटाई पाऊँ भनेर सासु कौशिला पौडेल मार्फत अदालतमा मुद्दा हालिन् ।

तर, तत्कालीन जिल्ला न्यायाधीश मोहनराज भट्टराईले प्रतिवादी तेजनाथ रिजाललाई नै फाइदा पुग्ने गरी २०७३ मा फैसला सुनाइदिए । फैसलामा जग्गाको स्वामित्व वादीको नै रहेको र प्रतिवादीको उक्त घर रहेसम्म सो घर प्रतिवादीले नै चीर भोगको आधारमा भोग गर्न पाउने निर्णय गरिएको छ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com