222
पर्वतको पिपलटारी सिमखेतका स्थानीयबासीहरु पहिरोको डरले रातभर निदाउन सकेका छैनन् । उनीहरु आकाशबाट पानी पर्ने बित्तिकै सुरक्षीत ठाउँमा ओत लाग्न पुग्छन् । विगत वर्ष देखि नै जमिन भासिएको भए पनि सम्बन्धित निकायको बेवास्ताका कारण बेलैमा सजगता अपनाउन नसक्दा त्यहाँ रहेका घरहरु जोखिममा परेका छन् ।