Home पर्यटन चित्रे गाउँका होमस्टेहरू

चित्रे गाउँका होमस्टेहरू

by ईलालटिन
0 comment
पर्वतको मोदी गाउँपालिका स्थित चित्रे गाउँका होमस्टेहरू कोभिड—१९ ले गर्दा दुई वर्षसम्म पाहुना विहीन बने ।
अन्तर्राष्ट्रिय पर्वत समाजले आफ्नो तेस्रो अधिवेशन चित्रेमा सम्पन्न गरेपछि भने बन्द रहँदै आएका होमस्टेका ढोकाहरू खुला भएका छन् । चित्रेमा थप आकर्षणका लागि सांस्कृतिक संग्राहलय समेत निर्माणको अन्तिम चरणमा पुगेको अवस्था छ ।
गुरुङ समुदायको बाहुल्यता रहेको चित्रेका ७ घरमा सञ्चालित होमस्टेमा एक पटकमा ७० जना पाहुना राख्न सकिने छ । व्यावसायिक भन्दा पनि सेवामूलक उद्देश्यका साथ आफूहरूले होमस्टे सञ्चालनमा ल्याएको उनीहरू सुनाउँछन् ।
चित्रे हुँदै पर्यटकीय गन्तव्य पञ्चासेमा पदयात्रा गर्ने ‘रुट’ समेत रहेका कारण पदयात्रामा जानेदेखि चित्रेको कला र प्राकृतिक सौन्दर्य हेर्न आउने आन्तरिक पर्यटकहरूको सङ्ख्या धेरै हुने गरेको छ ।
हामी चित्रेमा पुगेको बेला चित्रे ग्रामीण पर्यटन होमस्टे विकास समितिकी अध्यक्ष सुशीला गुरुङ र सल्लाहकार मधुसूदन अधिकारी सँग छोटो कुरा गरेका छौँ ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com