Home Export मूल्य वृद्धिको विरोध गर्ने ८ जना प्रहरी नियन्त्रणमा

मूल्य वृद्धिको विरोध गर्ने ८ जना प्रहरी नियन्त्रणमा

by ईलालटिन
0 comment

काठमाडौं । स्वतन्त्र युवा समाजको नेतृत्वमा मूल्य वृद्धिविरुद्ध अवरोध गर्दा नेत्री कुन्ती पोखरेलसहित ८ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुरानो बानेश्वरमा सरकारी सवारी साधनलाई अवरोध गरेपछि उनीहरु पक्राउ परेका हुन् ।

-मूल्य वृद्धि नियन्त्रण गर्नुपर्ने दायित्वबाट सरकार पछी हट्दै मूल्य वृद्धिलाई प्रोत्साहन गरेको भन्दै मंगलबार बिहान कुन्ती पोखरेल नेतृत्वको स्वतन्त्र युवा समाजले सरकारको विरोध गर्दै  पुरानो बानेश्वर चोकमा सरकारी सवारी साधनलाई अवरोध गरेको थियो । अवरोधका क्रममा केहीबेर प्रहरीसँग तनाब भएको थियो।

आन्दोलनको नेतृत्व गरेकी पोखरेलले  मूल्य वृद्धि तत्काल फिर्ता नलिए थप आन्दोलनका कार्यक्रमसहित अघि बढ्ने चेतावनी नेत्री कुन्ती पोखरेलले दिएकी छिन । अहिले प्रहरीले आन्दोलनकारीलाई नियन्त्रणमा लिई आवागमन सामान्य बनाएको छ। रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com