Home Export अरू कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्नेहरूलाई पक्रियो प्रहरीले

अरू कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्नेहरूलाई पक्रियो प्रहरीले

by ईलालटिन
0 comment

काठमाडौं । नेपाल प्रहरीले विभिन्न कम्पनीको ट्रेड मार्क प्रयोग गरी पानीको जार बेच्ने दुई जनालाई पक्राउ गरेको छ।प्रहरी वृत्त कालीमाटीको टोलीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरी कम गुणस्तरको पानी बिक्री गर्ने सर्लाही लालबन्दीका २५ वर्षीय आशिष कार्की र चितवन रत्ननगरका २६ वर्षीय किरण श्रेष्ठलाई आइतबार पक्राउ गरेर सोमबार सार्वजनिक गरेको हो।

जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले अन्य कम्पनीको ट्रेड मार्क प्रयोग गरिएको कम गुणस्तर भएको पानीको जार खुलारूपमा बिक्री गर्ने कार्की र श्रेष्ठलाई कलङ्कीबाट पक्राउ गरिएको बताए। पक्राउ परेकासँग प्रहरीले पानी बोक्न प्रयोग गरेको बा ११ च ६०४५ र बा६च २८०४ नम्बरको डिआई गाडी र १९७ थान पानीको जार बरामद गरेको छ। पक्राउ परेका व्यक्तिलाई आवश्यक अनुसन्धान एवं कारबाहीका लागि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग बबरमहल पठाइएको प्रवक्ता मैनालीले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com