Home समाचार डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध

by ईलालटिन
0 comment

बुटवल । सडक निर्माणको क्रममा बनाएका डाइभर्सन बगाएपछि पूर्व पश्चिम राजमार्गको बुटवल-बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ। बिहीबार राति परेको वर्षापछि आएको बाढीले डाइभर्सन बगाउँदा रातिदेखिनै उक्त सडकखण्ड अवरुद्ध भएको डिभिजन सडक कार्यालय बुटवलले जनाएको छ।

कार्यालय प्रमुख जयलाल मरासिनीका अनुसार रूपन्देहीको देवदहस्थित घोडाहा खोलामा बनाइएको डाइभर्सनमा बाढीले क्षति पुर्‍याएको हो। त्यस्तै पश्चिम नवलपरासीको सुनवलस्थित तुरिया खोलाको डाइभर्सन पनि बाढीले बगाएको छ। मरासिनीले घोडाहा खोलाको डाइभर्सन मर्मत गर्ने काम सुरू गरिएको र तुरिया खोलामा बेलिब्रिज बिहिबार दिउँसोसम्म सञ्चालनमा ल्याउने गरि काम भईरहेको जानकारी दिए।

बेलिब्रिज सञ्चालनमा आए पनि भारबाहक गाडीको लोड थेग्न नसक्ने भएकोले ठूला मालबाहक सवारी सञ्चालन नगर्न आग्रह गरेका छन्। अहिले बुटवलबाट पूर्व जाने सबै गाडीहरू भैरहवा-परासी-भुमही सडक हुँदै आवतजावत गरिरहेका छन्। सडक निर्माणको क्रममा बनाइएका डाइभर्सन बगाएपछि गत वर्ष पनि दर्जनौं पटक बुटवल बर्दघाट सडकखण्ड अवरूद्ध भएको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com