Home समाचार ६० फिट गहिरो बोरवेलमा खसेका बालकको १०६ घण्टापछि सकुशल उद्धार

६० फिट गहिरो बोरवेलमा खसेका बालकको १०६ घण्टापछि सकुशल उद्धार

by ईलालटिन
0 comment

काठमाडौं । भारतको छत्तीसगढको जंजगीर–चम्पा जिल्लामा बोरवेलमा फसेका राहुललाई १०६ घण्टापछि मंगलबार राति उद्धार गरिएको हो । उद्धार गरेलगत्तै उनलाई बिलासपुरको एपोलो अस्पताल लगिएको थियो । गत राहुल शुक्रबार दिउँसो २ बजेतिर ६० फिट गहिरो बोरवेलमा खसेका थिए । प्रशासन, एसडीआरएफ, एनडीआरएफ र सेनाले यो अपरेशन अविरल र अथक रूपमा सम्पन्न गर्न सफल भएको हो ।

यस क्रममा उनले धेरै समस्याको सामना पनि गर्नु परेको थियो । यसलाई देशकै सबैभन्दा ठूलो उद्धार कार्य भनिएको छ । छत्तीसगढका मुख्यमन्त्री भूपेश बघेलले उद्धार कार्यको अनुगमन गरिरहेका थिए । उनी राहुलका आफन्तसँग सम्पर्कमा थिए । मंगलबार राति उनले सामाजिक सञ्जालमार्फत उद्धार कार्य सफल भएको जानकारी दिए । राहुललाई बाहिर निकाल्नेबित्तिकै उद्धारकर्ताहरूले ‘भारत माताकी जय’को नारा लगाएका थिए । उद्धार टोलीलाई मानिसहरूले ताली बजाएर र पटाका पड्काएर धन्यवाद दिएका थिए ।

पाँच दिनदेखि राहुललाई विशेष क्यामेराबाट निगरानी गरिँदै थियो । उनलाई खाना र पानीको व्यवस्था गरिएको थियो । उनको हौसला बढाउन लगातार कुरा गरिएको थियो। सेनाका जवानहरूले उद्धारको कमाण्ड आफ्नो हातमा लिएका थिए । राहुललाई डोरीले तानेर बाहिर ल्याइयो । उनको अवस्थालाई मध्यनजर गर्दै एम्बुलेन्स, चिकित्सकको टोली र चिकित्सा उपकरण तयारी अवस्थामा थियो । सुरुङदेखि एम्बुलेन्ससम्म करिडोर बनाइएको थियो । राहुललाई स्ट्रेचरबाट सिधै एम्बुलेन्समा ल्याइएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com