Home समाचार काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युत‍्का तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

काठमाडौँ महानगरमा डेढ वर्षभित्र विद्युत‍्का तार ‘अन्डरग्राउन्ड’ हुन्छ : मेयर शाह

by ईलालटिन
0 comment

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले डेढ वर्षभित्र काठमाडौँ महानगर क्षेत्रमा विद्युत्का तार ‘अन्डरग्राउन्ड’ हुने बताएका छन् । महानगर कार्यपालिकाको दोस्रो बैठकमा प्रमुख शाहले सडक, विद्युत् र खानेपानीका प्रमुखलाई राखेर आफूले बैठक आयोजना गरेको र सो बैठकमा विद्युत् प्राधिकरणका तर्फबाट यस्तो प्रतिबद्धता जनाइएको जानकारी दिए ।

उनले हरेक महिनाको पहिलो सोमबार सडक, विद्युत्, खानेपानी लगायतका निकायका प्रमुखसँग बैठक आयोजना गर्ने र त्यसमा एक आपसबिच सहकार्यको समीक्षा गरिने बताए । सडक, खानेपानी, विद्युत् प्राधिकरण लगायतका निकायले गरेका कामको अनुगमन महानगरले गर्ने र एकीकृत योजनाका अनुसार ती सबै निकायले समन्वयात्मक ढङ्गले काम गर्ने पनि महानगर प्रमुख शाहले बताए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com