Home समाचार मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारीमा

मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारीमा

by ईलालटिन
0 comment

काठमाडौं ।  जनता समाजवादी पार्टीकी नेता एवम् पूर्व विद्यार्थी नेता मानुषी यमी भट्टराई काठमाडौंबाट चुनाव लड्ने तयारी गरेकी छिन् । आगामी प्रतिनिधि सभा चुनावमा मानुषीले काठमाडौं क्षेत्र नम्बर ५ वा ७ बाट चुनाव लड्ने तयारी भई रहेको समाजवादी विद्यार्थी युनियनका अध्यक्ष रुपनारायण श्रेष्ठले बताए ।

-त्रिभुवन विश्व-विद्यालय कीर्तिपुरकी स्ववियू सचिव समेत भएकी मानुषीले पार्टीबाट संघको चुनाव लड्न लागेकी हुन् । ‘मानुषी बस्ने क्षेत्र नम्बर ५ हो । त्यहाँका मतदाताले उहाँको माग गरेका छन् । क्षेत्र नम्बर ७ हिसिला यामीले चुनाव लडेको क्षेत्र हो ।’ अध्यक्ष श्रेष्ठले भने,‘कुन क्षेत्रबाट चुनाव लड्ने निश्चित भएको छैन । तर चुनाव पक्का लड्नु हुन्छ ।’

-पार्टीमा आगामी संघको चुनावमा मानुषीलाई चुनाव लडाउने गृहकार्य गरिरहेको बताएको छ । २०७४ सालको चुनावमा क्षेत्र नम्बर ५ बाट ईश्वर पोखरेल र ७ बाट रामवीर मानन्धरले चुनाव जितेका थिए । मानुषी पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई र पूर्व मन्त्री हिसिला यामीको छोरी हुन । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com