पर्वत । काठमाडौं महानगरका रेस्टुरेन्टहरुमा आमजनताले निःशुल्क प्रयोग गर्न पाउने प्रस्ताव मेयर बालेन्द्र साहले धारणा राखे सँगै उनले केही चेन रेस्टुरेन्टहरु सँगको सहकार्यमा फ्री शौचालय सञ्चालन हुनुले सबैलाई फाइदा पुगेको देख्न सकिन्छ। हुन त निःशुल्क वा स शुल्क लिएर चर्पी निर्माण गरे पनि राजधानीमा सहज शौचालय कहीँ कतै भएको पाइँदैन। केही निश्चित एरियामा सीमित रहनुले आम मानिसलाई सहज पहुँच नहुँदा अधिकांश समस्यामा परेका छन्। सार्वजनिक शौचालय नहुँदा बाटोमा हिँडिरहेको मानिस दिसा पिसाबका लागि जाने ठाउँ नै हुँदैन।
चर्पी प्रयोग गर्न रेस्टुरेन्टमा बसेर तातो चिसो पिउनु पर्ने अवस्था नभोगेको कोही नहोला। मेयर बालेन्द्र साहको यो निर्णय सँगै सबैले तारिफ गरेका छन् त अन्य केही सहरमा समेत त्यसको सिको गर्न थालेका छन्। यसो भनी रहँदा अहिले पर्वत कुस्मा पनि आन्तरिक तथा बाह्य पर्यटकको घुइँचो लाग्ने गरेको छ।टाढा टाढा बाट आउने आतंरिक पर्यटक पनि कुस्मा बजार घुम्न आउँदा सहज शौचालय नहुँदा बाध्यताले कुनै रेस्टुरेन्ट र होटेल भित्र पसेर केही खानु पर्ने अवस्था छ।
विदेशका देशहरूले आफ्ना जनता र घुम्न आउने पर्यटकहरूको सुविधाका लागि ठाउँ ठाउँमा सार्वजनिक शौचालय,पुस्तकालय,रेस्टुरेन्ट समेत निर्माण गरिदिने गर्दछन्। यस्ता शौचालयको व्यवस्थापन गर्ने छुट्टै व्यवस्था गरिएको हुन्छ र त्यहाँ सबै व्यवस्थित भएको पाइन्छ।मानिस सुन्दर हुनका लागि छालाको महत्त्वपूर्ण भूमिका हुने भए पनि यसले मात्र पूर्ण हुँदैन।अनुहारको बनावट, कपाल, नङ, शरीरको संरचना र उसको बानी ब्यहोराको पनि उतिकै महत्त्व हुन्छ।हाम्रो समाजमा गोरो छालालाई राम्रो मान्ने गर्छौ तर गोरो हुनु नै समग्रमा राम्रोपन पक्कै होइन।खास गरी अफ्रिकनहरू काला हुन्छन् र कालो छालामा नै मिलेको अनुहार,मुख, आँखा, नाक, कपाल, दाँत, नङ, शरीरको संरचना आदिको कारण सुन्दर देखिएका हुन्छन्।यसले समग्र बुझाउने भनेको उही बाहिरी आवरण राम्रो देखिएता पनि भित्री आवरण पनि त्यतिकै सफा हुनु त्यसको सुन्दरता हो।
वास्तवमा भन्ने हो भने यो सरसफाइ सँग पनि जोडिएर आउने विषय हो भन्ने लाग्छ।कुस्मा बजार अहिले पर्यटकको आगमन बढे पनि स शुल्क शौचालय कहीँ भेटिँदैन ,सरकारी कार्यालयमा रहेका सेवाग्राहीले प्रयोग गर्ने चर्पी आफैमा चर्पी जस्तो देखिँदैन फोहोरको डंगुरु नै थुप्रिएको भान हुन्छ। बजारको बसपार्कमा रहेका शौचालय जाँदा पाइन्ट माथि उचालेर हिँड्नु पर्ने साथै दिसा लागेको खण्डमा पर्याप्त पानीको व्यवस्था छैन।अत्यन्त दुर्गन्धित र फोहोर रहेका छन् ।भुँइमा दिसा पिसाब जताततै भएका शौचालय प्रयोग गर्न सर्वसाधारण बाध्य छन्।दुर्गन्धले शौचालय वरपरका क्षेत्रमा पनि हिँडिसक्नु छैन ।अरू साबुन,पानी,बिजुली बत्ती,टिस्यु पेपरको त कुरै छाडौँ। सशुल्क भने पनि त्यहाँ कहीँ सुबिधा देखिएको कहीँ पाइँदैन यो आम कुस्मा बजार मात्र नहोला।लामो दुरीको यातायातमा जहाँ पनि यही हालत देख्न सकिन्छ।यसलाई हेर्ने कोही केही निकाय पनि छैन।

कुस्मा पहिले भन्दा धेरै विकसित र धेरै पूर्वाधारका संरचना बढे पनि सामान्य नि :शुल्क/स शुल्क सार्वजनिक शौचालय निर्माण हुन सकेको छैन।न त स्थानीय तहले यसको आवश्यकता ठान्यो न त कोही सङ्घ संस्था नै !कमसेकम कोही व्यक्ति विशेष पनि स शुल्क लिएर बजार क्षेत्रमा एउटा सार्वजनिक शौचालय चाहिन्छ भनेर कोही अघि सरेको पाइँदैन।कुस्मा घुम्न आउने अधिकांशमा महिलाहरू बढी पीडित भएको देखिन्छ।उनीहरूलाई पुरुष जस्तो सहज हुँदैन।लामो दुरी प्रयोग गर्दा पनि पुरुष सहज शौच गर्न सक्छ भने महिलालाई धेरै कुरा ध्यान दिनु पर्ने हुन्छ। सार्वजनिक शौचालयमा पनि पुरुष भन्दा महिलालाई गारो हुने गर्छ।पानीको बढी प्रयोग हुने गर्छ भने उनीहरूको मानसिकतामा पनि बढी सफासुघर मन पराउने खालका हुन्छन् यस कारण पनि शौचालय अत्यन्त संवेदनशील र महिला प्रति थप चनाखो हुने गर्छ।
खुला दिसा मुक्त घोषणा गरे पनि त्यो घोषणामा मात्र सीमित छ।केही फरक पार्न सकेको छैन,घोषणा गर्नका लागि घोषणा गरेको प्रस्ट छ।कुस्मा नगरपालिकाले चाहेको खण्डमा देशकै नमुना सार्वजनिक शौचालय तथा पुस्तकालय निर्माण गर्ने खालको दूरगामी सोच सोच्न सक्ने हिम्मत अन्य सङ्घ संस्था,व्यक्ति विशेषले गर्न सके एउटा धर्म नै हुने थियो।दिसा पिसाब सँगै पुस्तकालय खोल्नुले मानिसलाई पढ्ने बानीको विकास गराउने र सचेत हुन बोध गराउँदछ। स: शुल्क लिएर शौचालय निर्माण गरे पनि त्यसको सही व्यवस्थापन गर्न सकियो भने यसले सकारात्मक सन्देश दिने गर्दछ।
अन्त्यमा मेयर बालेन्द्र साहको प्रस्तावले अन्य सहरी क्षेत्रमा नीतिगत व्यवस्था गरेर सार्वजनिक शौचालय, रेस्टुरेन्ट होस् या बसपार्क क्षेत्र होस् सबै मुख्य स्थानमा शौचालय निर्माण गर्न सकियो भने वातावरण संरक्षण,पूर्ण सरसफाइ वातावरण मैत्री दुर्गन्ध रहित समाज र सफा सहर निर्माणमा आम मानिसहरूलाई सहज हुने थियो त्यसैले बेलैमा ध्यान दिनु आवश्यक छ।
लेखक
सचिन्द्र श्रेष्ठ