Home समाचार अभद्र व्यवहारको विषयमा सहमतिपछि मिरुना भन्छिन्, ‘दुःखित हुनुहुनेप्रति म हार्दिक क्षमायाचना गर्दछु’

अभद्र व्यवहारको विषयमा सहमतिपछि मिरुना भन्छिन्, ‘दुःखित हुनुहुनेप्रति म हार्दिक क्षमायाचना गर्दछु’

by ईलालटिन
0 comment

काठमाडौं । अभद्र व्यवहारको विषयमा नायिका मिरुना मगर र फुर्पा शेर्पाबीच सहमति भएको दुई दिनपछि मिरुनाले यो घटनाका कारण दुःखित भएकाहरुप्रति क्षमायाचना गरेकी छिन् । उनले बिहिबार बिहान सामाजिक सञ्जालमा जेठ १५ गते सिभिल मलमा भएको पछिल्लो घटना र त्यसपछि जेठ १७ गते भएको सम्झौताको सन्दर्भमा केही कुराहरु  प्रस्तुतसमेत गरेकी छिन् ।

उनले लेखेकी छिन्, ‘फूर्पा तामाङ ले जेठ १५ गते सिभिल मलमा आफूले अनुचित ढंगले नै मलाई छोएको र जेठ १७ गतेको दिन आफूबाट भएको यो दुर्व्यवहारका  लागी निस्स्वार्थ रूपमा माफी मागेको र मैले वहाँको माफी स्विकार गरेकी छु । सबै पक्षका अग्रज प्रतिनिधी, बरिष्ठ लामागुरूहरू लगायत दुवै पक्षबाट सहमति भएको हो ।’

उनले  जेठ १५ मा भएको आफ्नो  कार्य कुनै पनि धर्म र समाजविरुद्ध नभई व्यक्तिविरुद्ध भएता पनि यस घटनाका कारण दुखी भएको समुदायप्रति माफी मागेकी छिन् । उनले लेखेकी छिन्, ‘जान अञ्जानमा  दुःखित हुनुहुने बृहत समुदायमा म हार्दिक क्षमायाचना गर्दछु ।’रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com