Home समाचार सिन्धुपाल्चोकमा सडक छेउको घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

सिन्धुपाल्चोकमा सडक छेउको घरमा एम्बुलेन्स पस्दा सुतिरहेकी वृद्धाको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं । सिन्धुपाल्चोकको लामोसाँघु-जिरी सडकखण्डअन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना हुँदा एक जना वृद्धाको मृत्यु भएको छ। सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो।

‘घुम्ती मोड्न नसकेर एम्बुलेन्स सडक छेउको घरमा पुग्दा घरभित्र रहेकी ७५ वर्षीया मनमाया खड्का गम्भीर घाइते हुनुभएको थियो। उहाँलाई उपचारका लागि अस्पताल लगिएकोमा गए राति नै उहाँको मृत्यु भएको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी उपरीक्षक रामेश्वर यादवले सेतोपाटीसँग भने।

घरभित्र सुतिरहेकी खड्कालाई एम्बुलेन्सले ठक्कर दिएको थियो। उक्त एम्बुलेन्स खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको थियो। तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको अनुमान छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com