Home समाचार पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिने

पार्टीबाट उम्मेदवार भई निर्वाचित जनप्रतिनिधिलाई माओवादीले प्रशिक्षण दिने

by ईलालटिन
0 comment

काठमाडौं । नेकपा माओवादी केन्द्रले पार्टीबाट उम्मेदवार भई निर्वाचित भएका स्थानीय तहका जनप्रतिनिधिलाई प्रशिक्षण दिने भएको छ।जेठ १८ र १९ गते काठमाडौंमा जनप्रतिनिधिका लागि प्रशिक्षणको आयोजना गरिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले बताए। स्थानीय तहका प्रमुख, उपप्रमुख, अध्यक्ष र उपाध्यक्षलाई प्रशिक्षण दिने तयारी गरिएको हो।

जिल्ला समन्वय समिति गठन भएको अवस्थामा जिससका प्रमुख र उपप्रमुखलाई पनि कार्यक्रममा सहभागी गराइने उनले बताए। अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, शीर्ष नेता र विभिन्न क्षेत्रका विज्ञले प्रशिक्षण दिने कार्यक्रम छ। पार्टीका तर्फबाट निर्वाचित जनप्रतिनिधिलाई जनताका पक्षमा जिम्मेवारीका साथ प्रस्तुत हुन निर्देशन दिने माओवादी तयारी छ। जनप्रतिनिधिले गर्न हुने र नहुने कामसम्बन्धी निर्देशिका पनि पार्टीले तयार गरिरहेको मुख्यसचिव ढकालले बताए। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com