Home Vlog “सडक स्तर उन्नत सँगै यात्रुलाई सास्ती जिम्मेवार को ?”

“सडक स्तर उन्नत सँगै यात्रुलाई सास्ती जिम्मेवार को ?”

by ईलालटिन
0 comment

 भर्खर स्थानीय निर्वाचन समाप्ति सँगै देशमा महँगी आकासिएको छ।पेट्रोलियम पदार्थको मूल्य वृद्धिले आम मानिसलाई अब जीविका चलाउन अझ मुस्किल पर्ने देखिन्छ। यही भनी रहँदा अहिले पर्वत कुस्मा नगरपालिका अन्तर्गत सडक बिस्तार सकी सकेको छ।तर यात्रुहरूलाई सडक बिस्तारले झन् समस्या उत्पन्न गराएको छ।स्थानीय तहले बाटो चकलाउने ,नाली बनाउने,विद्युतका पोल लगाउने गरे पनि यो अहिले बनाए अनुसार कार्यान्वयन हुन नसकेको पाइएको छ।

       कुनै बेला कच्ची सडक वा हुलाकी मार्ग,पर्यटकीय पदमार्ग हुँदा पर्यटकीय सम्पदाको पहिचान गर्दै धार्मिक, ऐतिहासिक ,सांस्कृतिक एवं पुरातात्त्विक सम्पदाको संरक्षण र विकासका कामका लागि पर्यटकको आगमन हुँदा यो क्षेत्रमा बाटो बाटोमा बर पीपलका चौतारा, पाटी पौवा प्रशस्त देखिन्थ्यो।तर विकास निर्माण सँगै यहाँ सडक फराकिलो हुँदैमा भने यात्रुहरू यातायातका साधन चढ्न टाढा टाढा बाट आउँछन् तर बस रोकने प्रतीक्षालय वा बस स्टेसन नहुँदा अलपत्र पर्ने गरेका छन्।

      कहिले चर्को घाम त कहिले मुसलाधारे पानीमा पनि यात्रुहरू बस कुर्दै यत्रतत्र घुम्दै डुल्दै बसको पछि पछि भागी रहेका छन्। जसका कारण अन्य मार्ग हुँदै आउने साधनले गर्दा दुर्घटनामा पर्ने सम्भावना बढी छ। यसलाई हेर्ने निकाय को ? सडक,बाटो ,नाली वा विद्युतका पोल गाड्दैमा पूर्वाधारको विकास त गरियो तर यसले के यात्रु, आम मानिसलाई सुविधा पनि त दिएको छ त! खै कसले यसको अनुगमन गर्ने ? सडक बनाउँदैमा काम सकियो भनेर मात्र के गर्ने । सडक चाक्लो छ, तर न त्यहाँ जेब्रा क्रस छ, न कुनै आकासे पुल नै ।

नाली छ तर गतिलो निकास छैन,नालीमा राखिएको छपनी मिलाएर राखिएको छैन ।खाल्डाखुल्दी छ,पानी पर्यो भने पनि नाली बाहिर बाट खोला बगे जस्तो सडक हुँदै बग्दै गर्छ त कतै पानी जम्छ। विद्युतका पोल जडान छ तर राति बत्ती बल्दैन।ठुला – ठुला बिजुलीका पोल वरिपरि बार लगाइएको छैन।जसका कारण बच्चाहरू खेल्ने बेला पोल छोएर दुर्घटना हुन सक्छ।स्कुल नजिकै छ बच्चाहरू ठुलो सडक बाटो क्रस गर्न ५ मिनट कुर्नु पर्छ।बस रोक्ने स्थानमा प्रतीक्षालय छैन, सडकमै लाइन बस्नु पर्ने बाध्यता छ।यस्ता समस्याको हल कसले गर्ने ? तीव्र गतिमा आउने यातायातका साधनले धेरै पटक विद्यार्थी र बुढापाकालाई प्रत्येक क्षण मृत्युको मुख बाट उम्कन पर्ने अवस्था छ।आखिर यो कहिले सम्म त ?

      विदेश तिर आधुनिक प्रतीक्षालयहरू हुनुले जहाँ भित्रनै ए सी को सुविधा,सिसी क्यामेरा ,नजिकै डस्टबिन हुनुले यात्रुलाई सुरक्षित यात्रा गराउन महसुस गराउँछ।तर हाम्रोमा यात्रुहरू अलपत्र पर्ने,यातायातका साधन सडक छेउ राखी दिने,व्यक्तिगत निर्माण सामग्री बाटोमा राखी दिने,सडक चाक्लो भए पनि यात्रु हिँड्ने,अपाङ्गमैत्री बाटो नहुनुले बाहिरको मुहार हेर्दा राम्रो देखिने तर भित्र खराब देखिएको छ।यसरी सर्वसाधारणमा पर्न गएको असहजतालाई
ध्यान कहिले दिने र यसको जबाफदेही अब को हुने बेलैमा ध्यान दिने हो की ?
सचिन्द्र श्रेष्ठ 
कुश्मा, पर्वत ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com