Home समाचार सामाजिक सञ्जालमा ‘संसार छाड्ने’ म्यासेज लेखेर युवक बेपत्ता

सामाजिक सञ्जालमा ‘संसार छाड्ने’ म्यासेज लेखेर युवक बेपत्ता

by ईलालटिन
0 comment

काठमाडौं ।  ललितपुरको सातदोबाटोबाट एकजना युवक बेपत्ता भएका छन् । ब्राइट फ्युचर क्याम्पसमा बिबिएस चौंथो वर्षमा अध्ययनरत सरोज माबो लिम्बु आइतबारबाट बेपत्ता भएका हुन् ।  आइतबार साँझ लिम्बुले क्याम्पसको ग्रुप म्यासेजमा लेखे– ‘संसारबाट बिदा लिने सयम भयो । साथीहरु, तिमिहरुसँग कुरा गर्ने मन हुँदाहुँदै पनि जानुपर्ने कस्तो है यो समय ?’

साँझ ८ बजेर ५० मिनेटमा म्यासेन्जरमा लिम्बुले यस्तो लेखेपछि विद्यार्थीहरुले प्रहरीलाई खबर गरेका थिए ।  २४ वर्षका सरोज माबो लिम्बुको खोजी भइरहेको जिल्ला प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले रातोपाटीलाई बताए । उनले भने– ‘अनुसन्धानबाट उनी ललितपुरको लेले क्षेत्रमा रहेको खुलेको छ ।’  सरोजको खोजीमा लेले क्षेत्रमा प्रहरी परिचालन गरिएको छ । रातोपाटी ।


सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com