Home समाचार मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

मोरङको बेलबारीमा मेयरमा एमालेका दिलप्रसाद, उपमेयरमा कांग्रेसकी नितु

by ईलालटिन
0 comment

मोरङ । मोरङको बेलबारी नगरपालिकाको मेयरमा नेकपा एमालेका दिलप्रसाद राई विजयी भएका छन्।राईले १६ हजार ४२२ मत ल्याएर विजयी बन्दा नेपाली कांग्रेसका महेन्द्रप्रसाद सुवेदीले १५ हजार ६२० मत ल्याए।उपमेयरमा भने कांग्रेसकी नितु थापा १३ हजार ७३१ मत ल्याएर विजयी भएकी छन्। एमालेकी तिलकुमारी गौतमले १३ हजार ६०५ मत ल्याएकी थिइन्। बेलबारीमा कांग्रेसले १,४,६,९,१० र ११ नम्बर वडा जितेको छ भने एमालेले २, ३, ५ र ७ नम्बर वडा जितेको छ। स्वतन्त्रले ८ नम्बर वडा जितेको छ। गत चुनावमा मेयर र उपमेयरसहित बहुमत एमालेले जितेको थियो। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com