Home समाचार सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु

सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा अनुसन्धान विभागका कर्मचारीको मृत्यु

by ईलालटिन
0 comment

काठमाडौं । सिंहदरबारभित्र रूखको हाँगा भाँचिएर लाग्दा एक जनाको मृत्यु भएको छ।  बुधबार राति पौने ८ बजे सिंहदरबारभित्र रहेको राष्ट्रिय अनुसन्धान विभागको कम्पाउन्डमा हावाहुरीका कारण एक्कासी रूखको हाँगा भाँच्चिएर लाग्दा एक जनाको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

मृत्यु हुनेमा पाल्पा रम्बा गाउँपालिका-५ घर भई राष्ट्रिय अनुसन्धान विभागमा सूचकको रूपमा कार्यरत २७ वर्षीय विजय कार्की छन्।  उनको टाउकोमा हाँगा खस्दा गम्भीर घाइते भएको मैनालीले बताए। उपचारका लागि उनलाई तत्काल नयाँ बानेश्वरस्थित सिभिल अस्पतालमा लगिएको थियो।  उपचारको क्रममा राति सवा ११ बजे कार्कीको मृत्यु भएको मैनालीले जानकारी दिए। शवको पोष्टमार्टमको लागि महाराजगन्जस्थित टिचिङ अस्पताल राखिएको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com