काठमाडौँ । जेठ १ गतेदेखि विद्यालयहरू पनि साताको दुई दिन बिदा हुने भएका छन् । विज्ञान तथा प्रविधि मन्त्रालयमा बुधवार बसेको बैठकले सातामा दुई दिन बिदा दिने निर्णय गरेको हो। शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले सरकारको निर्णय अनुसार विद्यालयहरू पनि सातामा दुई दिन बिदा गर्ने निर्णय भएको जानकारी दिए ।
सरकारले परीक्षणको लागि भन्दै जेठ १ गतेदेखि शनिवार र आइतबार दुई दिन बिदा दिने निर्णय गरिसकेको छ । दुई दिन बिदा दिँदा शुक्रवार हुने आधा बिदा भने कटौती गरिएको छ । शुक्रवार पूरा दिन विद्यालय खुल्नेछन् ।