Home समाचार नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा

नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा

by ईलालटिन
0 comment

काठमाडौं । शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी शिक्षकमा जागिर खाने एक व्यक्तिविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । पाँचथर तुम्वेबा गाउँपालिकामा रहेको धुवाखोला आधारभूत विद्यालयमा प्रावि शिक्षकमा जागिर खाएका विरजुकुमार गच्छदारका विरुद्ध आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

गच्छदारका बारेमा अख्तियारमा उजुरी परेपछि अनुसन्धानका क्रममा नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा विद्यालयमा नियुक्ति पाएको पुष्टि भएको अख्तियारले जनाएको छ ।  अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले भ्रष्टाचार निवारण ऐन २०५९ को दफा १६ (१) बमोजिम सजाय मागदाबी गर्दै विशेष अदालतमा मुद्दा दर्ता गरेको जनाएका छन् । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com