Home समाचार रोजगारी प्रलोभन देखाएर ट्राभल एजेन्सीले ११२ जनासँग ठग्यो एक करोड ६४ लाख

रोजगारी प्रलोभन देखाएर ट्राभल एजेन्सीले ११२ जनासँग ठग्यो एक करोड ६४ लाख

by ईलालटिन
0 comment

काठमाडौं ।  युरोपियन मुलुक माल्टामा आकर्षक रोजगारीको प्रलोभन देखाएर एउटा ट्राभल एजेन्सीले विभिन्न एक सय १२ जना व्यक्तिहरूसँग एक करोड ६४ लाख आठ हजार रूपैयाँ ठगी गरेको छ।  वैदेशिक रोजगार विभागका महानिर्देशक शेषनारायण पौडेलका अनुसार व्यापारमूलक पर्यटन व्यवसाय र ट्राभल एजेन्सी तथा टुर्स सम्बन्धी उद्देश्यले दर्ता भएको इन्टरनेसनल एक्स्पो एन्ड ट्राभल सर्भिस प्रालि नामक संस्थाले ठगी गरेको खुलेको हो।

यसअघि उक्त ट्राभल एजेन्सीका सञ्चालक राधा सुवेदीसहितका अभियुक्तले माल्टामा आकर्षक सेवासुविधा र तलब पाउने आश्वासन दिएर प्रतिव्यक्ति दुई लाख ३५ हजार रूपैयाँसम्म लिएर झुक्याएको भनी विभागमा उजुरी परेको थियो।  -सोही उजुरीका आधारमा विभागबाट अनुसन्धानका लागि टोली खटाइएको थियो। टोलीले अनुसन्धान गर्दा उक्त एजेन्सीले विभिन्न व्यक्तिहरूबाट एक करोड ६४ लाख आठ हजार रूपैयाँ ठगी गरेको पुष्टि भएको विभागले बताएको छ।

एजेन्सीले वैदेशिक रोजगार ऐन २०६४ को दफा ४३ विपरित कसुर गरेको पाइएको विभागले बताएको छ।  -विभागले एजेन्सी सञ्चालकसहित ८ जना प्रतिवादीहरूलाई एक करोड ६४ लाख आठ हजार रूपैयाँ बिगो र सोको ८२ लाख चार हजार हर्जनासहित जम्मा बिगो दुई करोड ४६ लाख १२ हजारसहित ऐनको दफा ४३ बमोजिममको सजाय मागदाबी लिई वैदेशिक रोजगार न्यायाधीकरणमा मुद्दा दायर गरेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com