Home समाचार विप्लवले खोसे दुई केन्द्रीय सदस्यको जिम्मेवारी

विप्लवले खोसे दुई केन्द्रीय सदस्यको जिम्मेवारी

by ईलालटिन
0 comment

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको छ।केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीको जिम्मेवारी खोस्ने निर्णय भएको प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डले निकालेको विज्ञप्तिमा उल्लेख छ।सचिवालय बैठकले उनीहरूलाई पार्टी जिम्मेवारीबाट मुक्त गरेको प्रकाण्डले बताएका छन्।

पार्टी फुटाउने, जनक्रान्ति विसर्जन गर्ने कार्य गरेको आरोपसहित नेपाल कम्युनिष्ट पार्टीले दुई केन्द्रीय सदस्यको जिम्मेवारी खोसेको- हो।यसअघि गत वैशाख १४ मा विप्लवले हेमन्तप्रकाश वली र धर्मेन्द्र बास्तोलालाई जिम्मेवारीबाट हटाएका थिए।केन्द्रीय सल्लाहकार परिषद अध्यक्ष ईश्वरी दाहालको नेतृत्वमा वली र बास्तोला पक्षले बुधबार चितवनमा भेला गरेर विप्लव र प्रकाण्डलाई पार्टी जिम्मेवारीबाट हटाउने निर्णय गरेका थिए। उनीहरूले विप्लव सिद्धान्तबाट विचलित भएर पार्टी तथा क्रान्तिलाई धोका दिएको आरोप लगाएका थिए। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com