Home समाचार उम्मेदवारी फिर्ता नलिए बागी, प्रस्तावक र समर्थक कांग्रेसबाट स्वत: निष्कासनमा पर्ने

उम्मेदवारी फिर्ता नलिए बागी, प्रस्तावक र समर्थक कांग्रेसबाट स्वत: निष्कासनमा पर्ने

by ईलालटिन
0 comment

काठमाडौं  । सत्तारूढ दल नेपाली कांग्रेसले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि बागी उमेदवार दिएकाले नाम फिर्ता नलिए पार्टीबाट निष्कासन गर्ने उर्दी जारी गरेको छ । पार्टी मुख्यसचिव कृष्णप्रसाद पौडेलले शुक्रबार एक विज्ञप्ति जारी गर्दै आज बेलुका ५ बजेभित्र त्यसरी दर्ता गराइएको उमेदवारी फिर्ता लिन निर्देशन दिएका छन्। यदि फिर्ता नलिए  विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थक पार्टीबाट स्वतः निष्कासित हुने जानकारी गराएका हुन्।

‘२०७९ वैशाख ३० गते सम्पन्न हुन गइरहेको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेस पार्टीका आधिकारिक उमेदवारका विरुद्ध पार्टीका कुनै सदस्यले विद्रोही उमेदवारी दर्ता गरे/गराएको भए निर्वाचन आयोगद्वारा तोकिएको मिति र समय (आज वैशाख १६ गते शुक्रबार बिहान १० देखि ५ बजेसम्म) उमेदवारी फिर्ता लिई पार्टीका आधिकारिक उमेदवारलाई विजयी बनाउन सक्रिय भूमिका निर्वाह गर्नुहुन निर्देशानुसार अनुरोध गरिन्छ,’ विज्ञप्तिमा भनिएको छ।तोकिएको समयभित्र ‘बागी’ उमेदवारी फिर्ता नलिए पार्टीबाट स्वतः निष्कासित हुने चेतावनी पनि दिइएको छ।

‘तोकिएको मिति र समयभित्र आफ्नो उमेदवारी फिर्ता नलिएमा त्यस्ता विद्रोही उमेदवार, निजको प्रस्तावक र समर्थकको पार्टी सदस्यता नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा ४ (१३) (ग) बमोजिम समाप्त भई पार्टीबाट स्वतः निष्कासित हुने व्यहोरा जानकारी गराइन्छ, विज्ञप्तिमा अगाडि भनिएको छ।निर्वाचन आयोगले आज बेलुका ५ बजेसम्म उमेदवारी फिर्ताको समय तोकेको छ। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com