Home समाचार स्थापितमाथिको मीटूको आरोपलाई चुनावी फण्डामात्र नबनाऔँ, कानुनी उपचार खोजौँ : शर्मा

स्थापितमाथिको मीटूको आरोपलाई चुनावी फण्डामात्र नबनाऔँ, कानुनी उपचार खोजौँ : शर्मा

by ईलालटिन
0 comment

काठमाडौं । महिला पत्रकारहरूको सञ्जाल सञ्चारिका समूहकी पूर्व अध्यक्ष निर्मला शर्माले केशव स्थापितमाथि लागेको यौन दुर्व्यवहारको आरोपलाई चुनावी फण्डामात्र नबनाउन आग्रह गरेकी छन् । शर्माले यसका लागि कानुनी उपचारमा जानु पर्ने सुझावसमेत दिएकी हुन् । सामाजिक सञ्जालमा शर्माले लेखेकी छन्, ‘कानुनी उपचारमा गएको भए यति बेला सम्म फैसला पनि भइसक्थ्यो ।

दोषीले कानुनी  रूपमा सजाय पनि भोगी सकेका हुन्थे । तर अझ पनि ढिला भएको छैन । कानुनी प्रक्रियामा जाऊँ । हामी साथमा नै छौँ तर यसलाई  चुनावी एजेण्डा  मात्र नबनाऊ  ।’ चुनावमा अनेक फण्डा निकालेर एक उम्मेदवारले अर्को उम्मेदवार माथि आरोप प्रत्यारोप गर्नु पनि आचार संहिता विपरीत हुने उनको भनाइ छ । साथै जस्तो सुकै आरोप लगाए पनि धैर्यतासाथ जवाफ दिन उनले सुझाएकी छन् । ‘आरोप लगाए पछि दोषी भए कारबाही भोग्न तयार हुन्छु भन्न सक्नु पर्छ ।

कसैलाई अपमानित हुने शब्द बोल्न भएन आवेगमा आएर उम्मेदवारले होस या प्रश्न कर्ताले,’ उनले भनेकी छन्, ‘प्रश्नकर्ता महिला माथि केशव स्थापितले बोलेका शब्दमा मेरो पनि आपत्ति छ । उहाँले माफी माग्नु पर्छ ।’ उनले थपेकी छन्, ‘तर यस्ता चुनावी बहसमा आरोप माथि भन्दा पनि उम्मेदवारलाई उसका प्रतिबद्धता सोधिन्छ, बहसमा विषयगत प्रश्न नै सोधिन्छ । यसमा निर्वाचन आयोगको ध्यान जाओस् ।आचारसंहिताको पालना उम्मेदवारले पनि गरौँ, सबैले गरौँ !’ रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com