Home समाचार शेखर कोइरालाको अपिल- बागी उम्मेदवारी दिनेहरू पार्टीको मुल प्रवाहमा फर्किनुस्

शेखर कोइरालाको अपिल- बागी उम्मेदवारी दिनेहरू पार्टीको मुल प्रवाहमा फर्किनुस्

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले पार्टीबाट टिकट नपाएर स्वतन्त्र र बागी उम्मेदवारी दिएका नेता/कार्यकर्तालाई पार्टीको मुल प्रवाहमा फर्किन अपिल गरेका छन्। आज विज्ञप्ति जारी गर्दै कोइरालाले स्थानीय चुनावको टिकट वितरणमा देशैभरिबाट असन्तुष्टि आइरहेको आफूले सुनेको पनि उल्लेख गरेका छन्।

उनले लामो समयदेखि काम गरिआएका नेता/कार्यकर्ताले पार्टी छाड्नुपर्ने अवस्था आउनु दु:खद भएको पनि बताएका छन्। ‘अहिले म साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दैछु, टिकट वितरणलाई लिएर। जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन्,’ कोइरालाले भनेका छन्, ‘कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ। ती साथीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन म आग्रह गर्दछु।’

उनले टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने पनि सुनिएको बताएका छन्। उनले पार्टीभित्र न्यायका लागि सधैं आफूहरू लड्ने बताए। ‘साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु। पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु,’ उनले भनेका छन्, ‘हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं। तर पनि हामी लड्छौं। र अन्तत: जित सत्य र न्यायको हुन्छ। हामी निरास हुने छैनौँ।’

यस्तो छ अपिल:

आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनका लागि उत्साह र उल्लासपूर्ण वातावरणमा देशभरि उम्मेदवारी दिने काम सम्पन्न भयो।

पाँच वर्षपछि आउने यो महायज्ञमार्फत् नेपालको लोकतान्त्रिक आन्दोलन गाउँ घरमा पुग्दछ। हामी निर्वाचनको प्रक्रियामा संलग्न सबै पक्ष नागरिकप्रति उत्तरदायी र जवाफदेही बन्नुपर्छ भनी सदैव सचेत र सतर्क रहनुपर्छ।

नेपाली कांग्रेसबाट स्थानीय तहमा उम्मेदवारी दिन इच्छुक नेता र कार्यकर्ताहरुको पंक्ति लामो थियो। अधिकांश योग्य र सक्षम पनि थिए। कांग्रेस देशको सबैभन्दा पुरानो र एकमात्र लोकतान्त्रिक पार्टी भएकोले स्थानीय तहको निर्वाचनमा टिकट वितरण कार्य सहज थिएन।

टिकट वितर-णमा एउटा मापदण्ड बनाइ अगाडि बढ्दा सबैप्रति न्याय गर्न सकिने छ भनी हामीले बारम्बार केन्द्रीय समिति, कार्यसम्पादन समिति र सामूहिकरुपमा साथीहरुबीच उठाएका थियौँ, तर हाम्रो कुरा ध्यानपूर्वक सुनिएन। अहिले दुःखको साथ भन्नुपर्छ टिकट वितरण कार्यमा जिम्मेवारी पाएका साथीहरुले पार्टी कार्यकर्ताहरु प्रति समानरुपले न्याय गर्न सक्नुभएन।

अहिले म साथीहरुको असन्तुष्टि देशभरिबाट सुन्दैछु, टिकट वितरणलाई लिएर। जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न पुगेका छन्। कैयौँ साथीहरु स्वतन्त्र उमेदवारको रुपमा चुनावी मैदानमा जान बाध्य हुनुहुन्छ। ती साथीहरुलाई कांग्रेसको मुल प्रबाहमा फर्कन म आग्रह गर्दछु। त्यस्तै टिकट वितरणमा आर्थिक चलखेल र अनियमितता भयो भन्ने कुराहरु पनि यतिखेर सार्वजनिक भइरहेका छन र त्यसको पीडा इमान्दार र निष्ठावान कार्यकर्ताहरु भोग्दैछन्।

सबैभन्दा दुःखको कु-रा त आफूसँग असहमत भएकै कारण कैयन साथीहरुको राजनीतिक जीवन समाप्त पार्ने योजनाबद्ध प्रयत्नहरु भएका छन्। कैयन साथीहरुलाई राज्य र पार्टी संयन्त्रको दुरुपयोग गरी अनेकन जालझेल मुद्दामा फसाएर तिनको -राजनीतिक हत्या गर्ने षडयन्त्र पनि भएका छन्। पार्टीभित्र रहेका यस्ता गलत कार्यहरु तत्काल अन्त्य हुनुपर्छ।

साथीहरुलाई राजनीतिक र व्यक्तिगतरुपमा पर्न गएको पीडा र वेदनासँग म संवेदनशील छु। पार्टीभित्र न्यायको पक्षमा निरन्तर आवाज उठाइरहने प्रण गर्दछु। हामी कांग्रेसको निर्णय प्रक्रिया गर्ने ठाउँमा संख्यामा थोरै छौं। तर पनि हामी लड्छौं। र अन्तत: जित -सत्य र न्यायको हुन्छ। हामी निरास हुने छैनौँ।

अहिले हामी सबै मिलेर निर्वाचनमा कांग्रेसलाई अत्यधिक विजयी बनाउने अभियानमा जुट्नु परेको छ। स्थानीय निर्वाचनको स–कारात्म-क परिणामले अगाडिका दुई निर्वाचनमा हामीलाई जितको आधार निर्माण गर्न सहज हुनेछ।

कांग्रेस केन्द्रीय कार्यसमितिमा टिकट वितरण प्रक्रियामा कुन मापदण्ड अपनाइयो त्यसको अध्ययन, अनुसन्धान र समीक्षा गरिनेछ भनी साथीहरुलाई म विश्वस्त पार्न चाहन्छु। निसन्देह, अहिले हाम्रो अगाडि निर्वाचन छ र हामी पार्टी हितलाई सर्वोपरि ठानी तत्काललाई असन्तुष्टिहरु छातिभित्र राखी कांग्रेसको विजयी अभियानमा होमिने छौं। साथीहरुबाट पनि म यही अपेक्षा गर्दछु।

कांग्रेस समर्थक, शुभेच्छुक तथा स्वतन्त्र व्यक्तिहरुबाट निर्वाचन पछि पार्टीभित्र भएका विकृति, विसंगति र आर्थिक चलखेल सबै पक्षको समग्र समीक्षा गरिनेछ। सोहीअनुरुप पार्टी सुधारको प्रकृयामा म साथीहरुसँग दृढताको साथ उभिने छु।

अन्तमा कांग्रेस पार्टीको बिभिन्न तहका साथीहरु, भातृ तथा शुभेच्छुक संगठनहरुलाई दत्तचित्त भएर आपसी मनमुटाव थाँती राख्दै, पार्टीभि-त्र एकता कायम गर्दै चुनावी अभियानमा सहभागी हुन म जोडदार अपिल गर्दछु। सेतोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com