Home समाचार अर्थतन्त्र सुधार गर्नुपर्नेमा राप्रपाका अध्यक्ष लिङ्देनको जोड

अर्थतन्त्र सुधार गर्नुपर्नेमा राप्रपाका अध्यक्ष लिङ्देनको जोड

by ईलालटिन
0 comment

सप्तरी ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाललाई समृद्ध बनाउनका लागि अर्थतन्त्र सुधार गर्नुपर्ने बताएका छन् । राप्रपाले सप्तरीको सप्तकोशी नगरपालिकास्थित फत्तेपुरमा मंगलबार आयोजना गरेको चुनावी सभामा उनले सरकारले करको दायरा बढाएर जनतालाई दुःख दिन लागेको बताए ।

विदेशी ऋण र जनताको करले गर्दा देश चलिरहेको भन्दै उनले अर्थतन्त्र सुधार नगरिए देश गम्भीर दिशातर्फ जाने उल्लेख गरे । श्रीलङ्कामा अहिले देखिएको आर्थिक समस्याजस्तो नेपालमा हुनसक्ने भन्दै उनले राष्ट्रिय ऋण र करको दयरा घटाउनुपर्ने जिकिर गरे । उनले नेपालमा दिनप्रतिदिन आर्थिक ऋणका कारण देश दुर्घटनातर्फ गइरहेको भन्दै यसलाई नियन्त्रण गनुपर्नेसमेत बताए ।

अर्थतन्त्र सबल बनाउनका लागि किसानलाई मलखाद, बीउबिजन उपलब्ध गराउनुपर्ने उनको भनाइ थियो । आफ्नो देशमा कृषि क्षेत्रमा विकास नगरी अरुतिर पैसाहरु खर्च गरेका कारण पनि आर्थिक सङ्कट आउने गरेको भन्दै किसानलाई खाद्य, मल र बीउबिजनका लागि सरकार केही सहयोग नगरेको बताए । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com