Home समाचार भेरी अस्पताललाई सम्मान

भेरी अस्पताललाई सम्मान

by ईलालटिन
0 comment

काठमाडौं । बाँकेको भेरी अस्पताल, नेपालगञ्जलाई सेवा प्रवाहमा उत्कृष्ट काम गरेको भन्दै सम्मान गरिएको छ । आर्थिक वर्ष  २०७८/७९ मा तोकिएको वार्षिक कार्यक्रमअनुसार विकास निर्माण तथा सेवा प्रवाहमा उत्कृष्ट कार्यसम्पादन गरेकाले सो अस्पताललाई रु पाँच ह   जार पुरस्कारसहित सम्मान गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले भेरी अस्पतालका डा राजन पाण्डेलाई उक्त पुरस्कार प्रदान गरे । जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लामा उत्कृष्ट कार्यसम्पादन गर्ने कार्यालयलाई पुरस्कार तथा सम्मान गर्ने नीति लिएको छ । अस्पताललाई कर्मचारी मिलन केन्द्र बाँकेको कार्यक्रममा पुरष्कृत तथा सम्मान गरिएको थियो । सो अवसरमा कर्मचारी मिलन केन्द्रले प्रकाशन गरेको नयाँ क्यालेण्डरको समेत विमोचन गरिएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com