Home विशेष छुट्नु भयो कि ? आज देखि पर्वतमा मतदाता नामावली सङ्कलन

छुट्नु भयो कि ? आज देखि पर्वतमा मतदाता नामावली सङ्कलन

by ईलालटिन
0 comment

पर्वत। तीन तहका निर्वाचन नजिकिए सँगै पर्वतमा मतदाता नामावली सङ्कलन गर्न थालिएको छ । जिल्ला निर्वाचन कार्यालयले पर्वतका सबै स्थानीय तहमा १० दिन सम्म बुथ स्थापना गरी मतदाता नामावली सङ्कलन गर्न थालेको हो । बिहीबार सरोकारवालाको बैठक आयोजना गरी निर्वाचन कार्यालयले मतदाता नामावली सङ्कलन अभियान सञ्चालन गर्न थालिएको जानकारी दिएको छ ।

मङ्सिर १७ देखि २६ गते सम्म स्थानीय तहको केन्द्रमा पुगेर मतदाता नामावली सङ्कलन गर्न थालिएको जिल्ला निर्वाचन अधिकारी लक्ष शर्माले जानकारी दिए । कुश्मा नगरपालिकाको कुश्मा स्थित निर्वाचन कार्यालय र जिल्ला प्रशासन कार्यालय, फलेवास नगरपालिकाको केन्द्र खानीगाउँ, विहादीको केन्द्र वहाकीठाँटी, पैयुँको केन्द्र हुवास र इलाका प्रशासन कार्यालय हुवास, महाशिलाको बालाकोट, जलजलाको लामाखेत, मोदीको पातीचौरमा मतदाता नामावली सङ्कलन हुने जिल्ला निर्वाचन अधिकारी शर्माले जानकारी दिए ।

नेपाली नागरिकता लिएका १८ वर्ष उमेर पुरा भएका व्यक्तिले मतदाता नामावलीमा नाम लेखाउन सक्ने उहाँले बताउनुभयो । यसका साथै नामावली सच्चाउने र नामसारी समेतको सुविधा दिइने भएको छ । नामावली सार्न चाहनेले बसाइसराइ वा विवाह दर्ताको प्रमाणपत्र लिएर आउनुपर्ने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । पर्वतमा अहिले सम्म १ लाख १६ हजार २ सय ४८ जना मतदाता नामावलीमा सूचिकृत छन् । जसमा महिला मतदाताको सङ्ख्या ५९ हजार ६ सय ६३ रहेको छ भने पुरुष मतदाताको सङ्ख्या ५६ हजार ५ सय ८५ रहेको छ । फोटो सहितको मतदाता नामावलीमा नाम नहुने व्यक्तिले आम निर्वाचनमा मतदान गर्न पाउँदैनन् ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com