Home बुलेट न्युज गण्डकी प्रदेश सभापतिमा अर्जुन प्रसाद जोशीको उम्मेद्वारी

गण्डकी प्रदेश सभापतिमा अर्जुन प्रसाद जोशीको उम्मेद्वारी

by ईलालटिन
0 comment

पोखरा । नेपाली कांग्रेस गण्डकीमा सभापति शेरबहादुर देउवा पक्षका कांग्रेस केन्द्रीय सदस्य अर्जुन प्रसाद जोशीले मंगलबार पोखरामा कार्यकर्ता भेलामार्फत् सभापतिको उम्मेदवारी घोषणा गरेका छन्।

उनको उम्मेदवारी घोषणा सभामा पूर्वसभामुख तारानाथ रानाभाट, कांग्रेसका आमन्त्रित केन्द्रीय सदस्य एवं गण्डकी सरकारका भौतिक पूर्वाधार विकासमन्त्री कुमार खड्का, कानुन मन्त्री विन्दुकुमार थापा, कास्कीका नवनिर्वाचित सभापति किशोरदत्त बराल, कास्की कांग्रेसका पुराना नेता कास्की-२ का प्रतिनिधि सभा उपनिर्वाचनका उम्मेदवार खेमराज पौडेललगायत नेता उपस्थित थिए।

सभापतिका उम्मेदवारी घोषणा सभामा देउवा पक्षीय नेता कार्यकर्तालाई साक्षी राखेका जोशीले आफ्नो समूह एक ढिक्का भएको सन्देश दिए। गण्डकी प्रदेशमा कांग्रेसलाई एकजुट बनाएर लैजान आफूले सभापतिमा उम्मेदवारी दिएको उनले बताए।

सभापति शेरबहादुर देउवाले पार्टीलाई एक नम्बर बनाउन थालेको अभियानलाई सहयोग पुर्‍याउन आफूले उम्मेदवारी दिएको बताउँदै जोशीले आगामी निर्वाचनमा गण्डकी प्रदेशमा बहुमत ल्याउने गरी आफूले काम गर्ने प्रतिबद्धता जनाए।

देउवा पक्ष एकजुट भएर सभापति उम्मेदवार घोषणा गरिरहँदा वरिष्ठ नेता पौडेल पक्ष भने विभाजित भएका छन्। पौडेल पक्षबाट गण्डकी प्रदेश सभापतिमा यसअघि नै कास्कीका नेताहरू देवराज चालिसे, शुक्रराज शर्मा, तनहुँका नेता रघुनाथ पौडेलले उम्मेदवारी घोषणा गरिसकेका छन्।

पौडेल पक्षबाट अर्का नेता यज्ञबहादुर थापा पनि प्रदेश सभापतिका आकांक्षी छन्। यद्यपि, उनले घोषणा गरिसकेका छैनन्। थापालाई महामन्त्री शशांक कोइरालाले अघि बढाएका छन्।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com