Home विशेष कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्माको उम्मेदवारी घोषणा

कांग्रेस गण्डकी प्रदेश सभापतिमा शर्माको उम्मेदवारी घोषणा

by ईलालटिन
0 comment

पोखरा । नेपाली कांग्रेसका नेता शुक्रराज शर्माले कांग्रेसको गण्डकी प्रदेशको सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । सोमवार पोखरामा आयोजित एक समारोहकाबीच उम्मेदवारी घोषणा गर्दै उनले लामो समयसम्म पार्टी संगठनमा गरेको कृयाशीलतालाई व्यवहारमा उतार्नका लागि आफ्नो उम्मेदवारी रहेको बताउदै कांग्रेसलाई बलियो र जनताको सेवा गर्ने पार्टी बनाउनका लागि आफूलेगण्डकी प्रदेश सभापतिमा उम्मेदवार बन्न लागेको बताए ।

उनले नेपाली काँग्रेस पार्टी भित्रका अव्यस्थाका कारण पार्टीलाई मात्र नभै राष्ट्र र प्रजातन्त्रका लागि असर पारेको बताउँदै उनले तीअव्यवस्थालाई हटाउँदै संगठन मजवुद बनाएर आसन्न तीनवटै तहका निर्वाचनमा काँग्रेसलाई विजयी गराउनका लागि आँफूले गण्डकीप्रदेश सभापतिको जिम्मेवारी लिन लागेको स्पष्ट पारे ।

नेपाली काँग्रेस कास्कीको २०४६ सालदेखि २०६१ सालसम्म पार्टी सभापतिको जिम्मेवारी सम्हालेका शर्माले २०४६ सालको प्रजातन्त्र पुनःस्थानपनाको आन्दोलन एवम् २०६२/०६३ को जनआन्दोलनमा सकृयता एवम् जेल जीवन विताउनुका साथै २०२३ सालमा गण्डकी छात्र समितिको सदस्य, २०२६ सालमा तरुण दल कास्कीको अध्यक्ष, पार्टीको जिल्ला सदस्य, सचिव, सभापति एवं पाटीको केन्द्रिय आमन्त्रित सदस्य लगायतका विभिन्न पदको जिम्मेवारी रही काम गरेका छन । कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत यहि मंसिर १६ र १७ गते प्रदेश कार्यसमितिका लागि अधिवेशन हुन लागेको छ ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com