Home विशेष नेपाली महिला क्रिकेट टिमलाई इतिहास रच्ने अवसर

नेपाली महिला क्रिकेट टिमलाई इतिहास रच्ने अवसर

by ईलालटिन
0 comment

काठमाडौं । नेपाली राष्ट्रिय महिला टिमले आइतबार महत्वपूर्ण खेलमा प्रतिस्पर्धा गर्दैछ। आइसिसी महिला टी-२० विश्वकपअन्तर्गत दुबईमा भइरहेको एसिया छनोटमा नेपालले घरेलु टिम युएईसँग खेल्दैछ। दुबईमा सवा ११ बजे सुरु हुने खेलमा जित हात पार्न सके नेपालले पहिलो पटक विश्व छनोट खेल्ने अवसर पाउनेछ। जारी प्रतियोगितामा आइतबार अन्तिम खेलहरू हुँदैछन्। अन्तिम दिन नेपाल र युएई, भुटान र मलेसिया तथा कुवेत र हङकङबीच खेल हुनेछ। खेलपछि विश्व छनोटमा पुग्ने एक टिमको टुंगो लाग्नेछ।

अंक तालिकाको शीर्ष स्थानमा रहेको युएई र नेपालको विश्व छनोटमा पुग्ने सम्भावना छ। युएई यसअघि खेलेका चारै खेलमा जित हात पार्दै ८ अंक जोडेर अंक तालिकाको शीर्ष स्थानमा छ। दोस्रो स्थानको नेपालको ६ अंक छ।नेपालले पहिलो खेलमा हङकङसँग हार बेहोरेको थियो। त्यसपछि भुटान, कुवेत र मलेसियालाई पराजित गर्दै नेपालले विश्व छनोटमा पुग्ने सम्भावना कायमै राखेको थियो। विश्व छनोटमा पुग्न युएईलाई जित पर्याप्त हुन्छ। नेपालका लागि भने जितेर मात्र पुग्दैन। युएईविरुद्ध पहिले ब्याटिङ गरेर १० रनको जित वा युएईले दिएको लक्ष्य १८.४ ओभरमा पूरा गरे नेपाल विश्व छनोटमा पुग्नेछ।

युएईविरुद्ध सोचेअनुरूप जित हात पारे नेपालको ८ अंक हुनेछ र रनरेटमा युएईलाई पछि पार्नेछ।युएईलाई पछि पारे नेपालले अर्को वर्ष विश्व छनोट प्रतिस्पर्धा गर्न पाउनेछ। विश्व छनोटमा ८ टिमबीच प्रतिस्पर्धा हुनेछ।बंगलादेश, थाइल्यान्ड, स्कटल्यान्ड, जिम्बावे र अमेरिकाले विश्व छनोटमा स्थान बनाइसकेका छन्। अब एसिया  र इस्ट एसियाबाट छनोट हुने टिमको टुंगो लाग्न बाँकी छ। क्षेत्रीय छनोटको एक उत्कृष्ट टिमले पनि विश्व छनोट खेल्न पाउनेछ। आठ टिम मध्ये शीर्ष दुई टिम सन् २०२३ मा हुने महिला टी-२० विश्वकपमा छनोट हुनेछन्। सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com