Home राजनीति एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष पद, उपमहासचिव एक जनामात्रै हुने

एमालेमा थपियो वरिष्ठ उपाध्यक्ष पद, उपमहासचिव एक जनामात्रै हुने

by ईलालटिन
0 comment

ललितपुर । नेकपा (एमाले) मा अब वरिष्ठ उपाध्यक्ष पनि हुने भएका छन्। ललितपुरको गोदावरीमा भएको प्रथम विधान महाधिवेशनबाट वरिष्ठ उपाध्यक्ष थप्ने विधान पारित भएको उपमहासचिव विष्णु पौडेलले जानकारी दिए। उनका अनुसार एमालेमा अब एक जना अध्यक्ष, वरिष्ठ उपाध्यक्षसहित पाँच जना उपाध्यक्ष, महासचिव, उपमहासचिव र सात जना सचिव हुनेछन्।

यसअघि एमालेमा उपमहासचिव हटाउने प्रस्ताव गरिएको थियो। अहिले एमालेमा दुई जना उपमहासचिव छन्।  एमाले केन्द्रीय सदस्य हुन पार्टीको सदस्यता लिएको १० वर्ष हुनुपर्ने तर महिला र दलितको हकमा ७ वर्ष भए पनि पुग्ने पौडेलले जानकारी दिए।उनका अनुसार एमालेमा अब केन्द्रीय कमिटी, स्थायी कमिटी, सचिवालय र पोलिटब्युरोको संरचना हुने छ।स्थायी कमिटी ४५ सदस्यीय हुनेछ भने १५ भन्दा धेरै पदाधिकारी हुने छन। केन्द्रीय कमिटीमा २२५ जना हुने पौडेलले जानकारी दिए। विभिन्न प्रतिवेदन पारित भएसँगै आजै एमालेको पहिलो विधान महाधिवेशन सकिनेछ।सेतोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com