काठमाडौं । नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले साफ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय फुटबल टिम घोषणा गरेका छन्। अलमुताइरीले साफका लागि किरणकुमार लिम्बुको कप्तानीमा २३ सदस्यीय टिम घोषणा गरेका हुन्।
टिममा गोलकिपर विशेक कुथु पर्न असफल भएका छन्। साफ च्याम्पियनसिप आगामी असोज १५ देखि माल्दिभ्समा हुँदैछ। साफमा नेपालसहित भारत, बंगलादेश, श्रीलंका र आयोजक माल्दिभ्स गरी पाँच टिमबीच प्रतिस्पर्धा हुनेछ। पाँच टिमले एक आपसमा खेलेपछि शीर्ष दुई टिमबीच उपाधि भिडन्त हुनेछ। भारत साफ च्याम्पियनसिपको सबैभन्दा सफल टिम हो। भारतले ७ पटक उपाधि जितेको छ। नेपाल भने अहिलेसम्म फाइनलमा समेत पुग्न सकेको छैन।
साफका लागि नेपाली टिमले कतारमा अ-भ्यास गरिरहेको छ। अभ्यासका क्रममा नेपालले आज राति ओमानसँग मैत्रीपूर्ण खेल खेल्दैछ। नेपाली टिम कतारबाटै माल्दिभ्स जाने कार्यक्रम छ। साफमा नेपालले पहिलो खेल असोज १५ मा आयोजक माल्दिभ्ससँग खेल्नेछ।
नेपाली टिम

गोलकिपर : किरणकुमार लिम्बु (कप्तान), दीप कार्की, विशाल श्रेष्ठ
डिफेन्डर : दिनेश राजवंशी, अनन्त तामा–ङ, गौतम श्रेष्ठ, सुमन अर्याल, रोहित चन्द
मिडफिल्डर : विशाल राई, सुनील बल, सुरज ज्यु ठकुरी, नितिन थापा, पुजन उपरकोटी, तेज तामाङ, सुजल श्रेष्ठ, सन्तोष तामाङ, आयुष घलान, कमल थापा
फरवार्ड : नवयुग श्रेष्ठ, मनिष डाँगी, अन्जन विष्ट, सुमन लामा, आसिस लामा
साफमा नेपालको खेल
नेपाल भर्सेस माल्दिभ्स – असोज १५ गते – अपरान्ह ४:४५ बजे
नेपाल भर्सेस श्रीलंका – असोज १८ गते – राति ९:४५ बजे
नेपाल भर्सेस भारत – असोज २४ गते – राति ९:४५ बजे
नेपाल भर्सेस बंगलादेश – असोज २७ गते – अपरान्ह ४:४५ बजे सेतोपाटी ।