काठमाडौं । काठमाडौं— सरकारले स्वास्थ्य सेवा अन्तर्गतका ७ जनालाई बढुवाको सिफारिस गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बढुवा समितिले विभिन्न समुह, उपसमूहको अधिकृत गरि ७ जनालाई बढुवाको सिफारिस गरेको हो ।बढुवा सिफारिस हुनेहरूमा गाइने अब्स तर्फका डाक्टर राजेश अधिकारी, डा.सुनिल मणि पोखरेल, प.हे.ए तर्फका प्रमुख जनस्वास्थ्य प्रशासक डा.प्रकाश प्रसाद साह, जनस्वास्थ्य प्रशासक डा.रोशन न्यौपाने, डा.पवनजंग रायमाझी, हेल्थ इन्सपेक्सन तर्फ केशवराज पण्डित र विजय कुमार झा रहेका छन् । जनरल नर्सिङ समूहतर्फ प्रमुख अस्पताल नर्सिङ प्रशासनमा बढुवा गर्ने भनिएपनि सेवा सर्त पूरा नभएपछि नगरिएको हो । रातोपाटी ।
स्वास्थ्य सेवा तर्फ ११ औँ तहमा ७ जना बढुवा सिफारिस
280
previous post