Home विशेष अमृत जोशी स्मृति दिवस मनाइयो

अमृत जोशी स्मृति दिवस मनाइयो

by ईलालटिन
0 comment

पर्वत । जिल्लाका निष्ठावान् नेता, आदर्श व्यक्तित्व एवम् प्रजातन्त्र सेनानी स्वर्गीय अमृतप्रसाद जोशीको १६औँ स्मृति दिवस बालबालिकालाई न्यानो कपडा, शैक्षिक सामाग्री वितरण लगायत विभिन्न कार्यक्रम सहित सम्पन्न भएको छ । पर्वतको इतिहासमा सबैभन्दा लामो अवधि जिल्ला सभापति रहनु भएका विकास प्रेमी, निष्ठावान् नेता स्वर्गीय अमृतप्रसाद जोशी जन्मेको थलो कुश्मा नगरपालिका वडा नं. २ लाम्पाटा खुर्कोटमा सो कार्यक्रम आयोजना गरिएको हो ।

स्मृति दिवसको अवसरमा आयोजित न्यानो कपडा तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्नु हुँदै प्रतिष्ठानका प्रमुख संरक्षक एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले आफ्ना पिताजीले पर्वतको विकास एवम् प्रजातन्त्रको रक्षाको लागि लामो समय त्याग गर्नु भएको भन्दै उहाँको प्रेरणाले आफू सधैँ जनताप्रति वफादारी र कर्तव्यप्रति निष्ठावान् रहेको बताउनु भयो । उहाँले आफु तीन/तीन पटक सांसद हुँदा जनताको लागि के कति गरेँ त्यो त थाहा छैन तर जति गरेको छु इमानदारिताका साथ गरेको बताउनु हुँदै विकास र समृद्धिको लागि सबै मिलेर अगाडी वढनुको विकल्प नरहेको बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेशका सहमहामन्त्री एवम् कुश्मा नगरप्रमुख रामचन्द्र जोशी, नेपाली काँग्रेस पर्वतका सभापति युवराज जोशी, प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद सापकोटा, प्रतिष्ठानका संस्थापक अध्यक्ष लोकनाथ आचार्य, अमर टिका प्रतिष्ठान नेपालका अध्यक्ष विश्व प्रकाश प्रसाई, नेपाली काँग्रेसका जिल्ला सचिव गुप्तनिधी शर्मा, जलजला गाउँपालिका अध्यक्ष राजु प्रसाद आचार्य, उपाध्यक्ष दीपक आचार्य, प्रतिष्ठानका संस्थापक उपाध्यक्ष वसन्तबहादुर सि.के., नेपाली काँग्रेस कुनपा २ का सभापति तीर्थप्रसाद शर्मा, नेकपा एमालेका मीन बहादुर रेग्मी, नेकपा माओवादीका गोविन्द नेपाली लगायतले श्रद्धाञ्जली मन्तव्य राख्नु भएको थियो । यसै गरी श्रद्धाञ्जली मन्तव्य व्यक्त गर्नु हुनेमा गुप्तेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष वसन्तकुमार कर्माचार्य, स्थानीय समाजसेवा हरिप्रसाद शर्मा, द्रोणराज पौडेल लगायतले अमृत प्रसाद जोशीको योगदानको बारेमा चर्चा गर्दै श्रद्धाञ्जली अर्पण गर्नुभएको थियो ।

कार्यक्रममा खुर्कोट स्थित कालिका माध्यमिक विद्यालय लगायत कुनपा दुई खुर्को टका विभिन्न विद्यालयका छात्रछात्राहरूलाई न्यानो कपडा र स्टेशनरी सामाग्री वितरण गरिनुको साथै विभिन्न व्यक्तित्वलाई सम्मान समेत गरिएको थियो । स्मृति सभा प्रतिष्ठानका अध्यक्ष गंगाधर तिवारीको अध्यक्षता, उपाध्यक्ष मानकुमारी गिरीको स्वागत एवम् सचिव माधव पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com