Home समाचार पाेखरामा एक दिने लेखन तथा क्षमता अभिबृद्धि तालिम

पाेखरामा एक दिने लेखन तथा क्षमता अभिबृद्धि तालिम

by ईलालटिन
0 comment

पोखरा : बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङ एण्ड रिसर्च सेन्टर बागलुङको आयोजना तथा कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय गण्डकी प्रदेशको सहयोगमा पत्रकारका लागि एक दिने लेखन तथा क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ ।

पोखराको एक सभा हलमा राखिएको सो कार्यक्रममा बोल्दै कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री विन्दुकुमार थापाले पत्रकारितामा लागेका तथा नव आगन्तुकका लागि लेखन तथा क्षमता वृद्धि तालिमले अवश्य पनि फाइदा पुग्ने बताए । आफूले तथ्यपरक पत्रकारितालाई प्रोत्साहन गर्ने र गलत सूचना र समाचारबाट पत्रकारिता पेसा टाढा रहनुपर्ने बताउँदै मन्त्री थापाले सत्यको पक्षमा सधैँ कलम चलाउन तालिममा सहभागीहरूलाई शुभकामना दिए।

पत्रकार महासङ्घ कास्कीकी अध्यक्ष विमला भण्डारीले सो तालिमलाई प्रोत्साहन र सहयोग गरेको कानुन सञ्चार तथा प्रदेश सभा मामिला मन्त्रालय प्रति आभार प्रकट गर्दै सम्पूर्ण सहभागीका लागी तालिम प्रभावकारी रहेको बताइन् । प्रशिक्षकका रूपमा समाचारको फ्याक्ट चेक माइसंसार डट कमका पत्रकार उमेश श्रेष्ठ, दिपक के श्रेष्ठ र बासुदेव मिश्र रहेका थिए भने कार्यक्रमको सहजीकरण उपेन्द्र पौडेलले गरेका थिए ।

कार्यक्रमका सहभागीलाई ल्यापटप झोला प्रदान गरिएको थियो । कार्यक्रम  बुर्तिबाङ मल्टिपर्पोज ट्रेनिङ एण्ड रिसर्च सेन्टर , बागलुङका सञ्चालक राम सुवेदीको सभापतित्वमा सम्पन्न भएको थियो ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com