Home Export रातोपाटीकर्मी न्यौपानेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’

रातोपाटीकर्मी न्यौपानेलाई ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार’

by ईलालटिन
0 comment

काठमाडौं ।  रातोपाटीकर्मी मनोज न्यौपाने ‘राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७८’ बाट पुरस्कृत भएका छन्। चलचित्र पत्रकार संघ नेपालले आफ्नो २३ औँ वार्षिकोत्सवका अवसरमा न्यौपानेलाई उक्त पुरस्कारबाट पुरस्कृत गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुुर कार्की, महानायक राजेश हमाल, अभिनेता रमेश उप्रेती, संघका अध्यक्ष दिनेश सिटौला लगायतले पुरस्कार प्रदान गरेका थिए ।

न्यौपानेले पुरस्कार स्वरूप एकथान ल्यापटपसहित प्रमाणपत्र र ट्रफी प्राप्त गरेका छन् । संघले पत्रकारिता सुरुवातको छोटो समयमै मजबुत कलमका साथ चलचित्र पत्रकारिता क्षेत्रमा बलियो उपस्थिति जनाएको र आगामी दिनमा अझ सशक्त रूपमा चलचित्र पत्रकारितामा क्रियाशील रहन उत्प्रेरित गर्दै उक्त पुरस्कार प्रदान गरेको छ । वार्षिकोत्सवका अवसरमा संघले न्यौपानेसहित ‘चलचित्र पत्रकारिता सम्मान २०७७’बाट वरिष्ठ चलचित्र पत्रकार शान्तिप्रिय र राजन घिमिरे, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७७’ बाट दिवाकर मैनाली र आर. डि. शृंखला (राजन दाहाल)लाई पुरस्कृत गरेको छ ।

त्यस्तै, ‘चलचित्र पत्रकारिता सम्मान २०७८’बाट सुव्रतराज आचार्य र सन्दीप सापकोटा, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७८’बाट कुमार आचार्य र गीता अधिकारी, ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७८’ बाट पोखराका रेम रसाइलीलाई पुरस्कृत गरिएको छ । यस्तै ‘चलचित्र पत्रकारिता सम्मान २०७९’बाट राजाराम फुयाँल र लक्ष्मण सुवेदी, ‘चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट नेमिष गौतम र विष्णु प्रसाद सुवेदी, ‘चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०७९’बाट उद्धव रसाइली र ‘मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०७९’बाट मकवानपुरका श्रीराम अर्जुनलाई पुरस्कृत गरिएको छ । चलचित्र पत्रकारिता पुरस्कार ५१ हजार राशि र मोफसल चलचित्र पत्रकारिता पुरस्कार २५ हजार राशि सहित प्रदान गरिएको थियो । रातोपाटी ।

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com