221
भक्तपुर । भक्तपुरको चाँगुनारायण नगरपालिकाको मेयरमा नेपाली काँग्रेसका जीवन खत्री विजयी भएका छन् । यसअघि एमालेका मेयर सोम मिश्र विजयी भएको यो नगरपालिकामा यस पटक काँग्रेसले मेयर हात पारेको हो ।
-निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी विना बास्तोलालाई पछि पार्दै जीवन मेयरमा विजयी भएका हुन् । उपमेयरमा भने नेकपा एमालेका रमेश बुढाथोकी विजयी भएका छन् । काँग्रेसका उपमेयरलाई पछि पार्दै रमेशले जित हासिल गरेका हुन् । रातोपाटी ।