Home समाचार ३५ हजार २२१ पदका लागि १ लाख ३७ हजार ४३ को उम्मेदवारी, सबैभन्दा बढी मधेस प्रदेशमा

३५ हजार २२१ पदका लागि १ लाख ३७ हजार ४३ को उम्मेदवारी, सबैभन्दा बढी मधेस प्रदेशमा

by ईलालटिन
0 comment

काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि विभिन्न पदमा १ लाख ३७ हजार ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका छन्। ७५३ वटा स्थानीय तहमा निर्वाचित हुनुपर्ने पद संख्या भने ३५ हजार २ सय २१ हो।  निर्वाचन आयोगले मंगलबार बिहान अद्यावधिक गरेको तथ्यांकअनुसार प्रमुख पदमा ३ हजार २ सय ७६ जनाले उम्मेदवारी दर्ता गराएका छन् भने उपप्रमुख पदमा २ हजार ९ जनाको उम्मेदवारी परेको छ ।

यस्तै अध्यक्ष पदमा ३ हजार २६४ जनाले मनोनयन दर्ता गराएका छन् भने उपाध्यक्ष पदमा २ हजार २९६ जनाले उम्मेदवारी दर्ता गराएका छन्। यता, वडा अध्यक्ष पदमा मात्र ३२ हजार २१७ जनाको उम्मेदवारी परेको छ। महिला सदस्यमा २३ हजार ५२१, दलित सदस्यमा २१ हजार २२१ र सदस्य पदमा सर्वाधिक ४९ हजार २३९ जनाको उम्मेदवारी परेको छ ।निर्वाचन आयोगका अनुसार सबैभन्दा बढी मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले मनोनयन दर्ता गराएका छन् । यसपछि बागमती प्रदेशमा २३ हजार ९६ जना,  प्रदेश १ मा २१ हजार ८७९ जना, लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जना, कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना, सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएका छन्।

निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सर्वाधिक प्रमुख पदमा मधेस प्रदेशमा १ हजार ३ सय ३ जना र सर्वाधिक कम कर्णाली प्रदेशमा १ सय ५८ जनाले मनोनयन दर्ता गराए  ।उपप्रमुखमा पनि सर्वाधिक मधेस प्रदेशमै ८ सय ६६ जना र सर्वाधिक कम गण्डकी प्रदेशमा २ सय ८६ जनाले मनोनयन दर्ता गराएका छन्।यस्तै अध्यक्षमा सर्वाधिक ८ सय ६६ जनाले मधेस प्रदेशमै र सर्वाधिक कम सुदूरपश्चिम प्रदेशमा २ सय २९ जनाले मनोनयन दर्ता गराएको निर्वाचन आयोगले जनाएको छ । उपाध्यक्षमा पनि मधेस प्रदेशमै बढी उम्मेदवारी परेको छ । त्यहाँ ४६१ जनाले उपाध्यक्षका लागि उम्मेदवारी दिँदा सबैभन्दा कम सुदूरपश्चिम प्रदेशमा १८१ जनाले उम्मेदवारी दिएका छन्।सेतोपाटी ।

हेर्नुहोस् कहाँ कति उम्मेदवारी

सम्वन्धित समाचार

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com