Home समाचार स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन कायम राख्ने सहमति

स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धन कायम राख्ने सहमति

by ईलालटिन
0 comment

काठमाडौं । स्थानीय तहको निर्वाचनमा खोटाङमा गठबन्धनलाई कायम राख्ने सहमति भएको छ । जिल्ला समन्वय समितिको सभाहलमा बुधबार भएको गठबन्धन दल काँग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी र नेकपा एकीकृत समाजवादीको बैठकले आसन्न स्थानीय तहको निर्वाचनमा गठबन्धन कायम राख्ने निर्णय गरेको हो ।

बैठकले आगामी ३० बैशाखमा हुने स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर चुनाव लड्ने नीतिगत सहमति गरेको नेकपा एकीकृत समाजवादी खोटाङका इन्चार्ज बबी चाम्लिङले बताए । जिल्लामा कुनै न कुनै रुपमा गठबन्धन कायम राख्ने तथा गठबन्धनका लागि आपसमा लचकता अपनाउने बैठकले निष्कर्ष निकालेको छ । खोटाङमा दुई नगरपालिका, आठ गाउँपालिका र ७९ वडा छन् । तर गठबन्धन दलबीचमा ‘कुन स्थानीय तहमा कसलाई नेतृत्व दिने, कुन र कति वडा कुन दलले लिने’ भन्ने ठोस निर्णय गर्न बाँकी छ ।नगरपालिका, गाउँपालिका र वडा बाँडफाँड गरेर चुनावमा जानका लागि आवश्यक छलफल गर्न गठबन्धन दलले निरन्तर बैठक बस्ने जनाएको छ ।

‘स्थानीय तहको निर्वाचनमा गठबन्धन गर्ने सकरात्मक छलफल भएको छ । -गठबन्धन नटुटाउने, कुनै न कुनै रुपमा गठबन्धन गर्न लचकता अपनाउने निर्णय भएको छ,’ इन्चार्ज चाम्लिङले भने, ‘गठबन्धन गर्ने नीतिगत निर्णय भएको छ । ठोस निर्णयका लागि निरन्तर बैठक बसिरहनेछौँ । गठबन्धन नटुटाउनका लागि ठोस आधार तय भएको छ । गठबन्धन दलको बैठकले आगामी १९ चैतमा जिल्लाका ७९ वटै वडामा अन्तरक्रिया तथा चियापान गर्ने निर्णय गरेको छ । रातोपाटी ।

सम्वन्धित समाचार

प्रतिक्रिया दिनुहोस्

लाल्टिन मिडिया प्रा.लि.द्वारा सञ्चालित
अध्यक्ष : अच्युत तिवारी
प्रबन्ध निर्देशक: सुमन जंग
प्रबन्धक: संगीता केसी
सम्पादक : मञ्जु भुसाल तिवारी

सम्पर्क

सूचना विभाग दर्ता नंः २३२९ /०७७- ७८
Kushma Parbat, Nepal
+977-67-422202 +977-9857672277
[email protected]
[email protected]

धेरै प्रतिकृया आएका

भर्खरै

Copyright © 2024 Elaltin.com